मेलामा सूचना प्रविधिको ज्ञान

आदर्श समाज सम्वाददाता
माघ १३, २०८१
mela 2

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने थलो बनेको छ ।

पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की तथा नेपाल मोवाइल बितरक संघसँगको सहयकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत मेलामै समाहित गरेपछि मेला सूचना प्रविधिबारे जानकारी लिने तथा आवश्यक सामग्री खरिद गर्ने थलो बनेको हो ।

‘प्रविधिको क्षेत्रमा दैनिक नयाँ आविष्कार भइरहेका हुन्छन् । हामीले पछिल्लो समय बजारमा आएका नयाँ प्रविधिहरु नै क्यान इन्फोटेकमा राखेका छौँ,’ आयोजक संघ अध्यक्ष गोकर्ण कार्कीले भने, ‘यहाँ रहेका सबै सामग्रीहमा भारी छुटको व्यवस्था गरिएको छ ।’

यता, नेपाल मोबाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठका अनुसार मोबाइल एक्पोमार्फत मोबाइल तथा एसोसरिजमा ५० प्रतिशतसम्म छुट दिइएको छ । किस्ताबन्दीमा मोबाइल खरिदको सुविधासमेत रहेको उनले बताए । मेलाको प्रवेश टिकटबाट हरेक दिन गोलाप्रथा गरी ५ जनालाई मोवाइल नै उपहार दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको तेस्रो दिन १८ हजार जनाले मेलाको अवलोकन गरेका छन् । ‘हामीले मेलालाई उद्यमशीलता सिकाउने, नयाँ प्रविधिबारे जानकारी पस्कने थलो बनाउने लक्ष्य लिएका छौँ । औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा यहाँ उद्योगहरुका उत्पादन राखिएका छन् । सातवटै प्रदेशको हस्तकला तथा महिला उद्यमीका उत्पादनहरु पनि प्रदर्शनीमा छन् । जडीबुटीदेखि कृषिजन्य उत्पादन, पुष्प प्रदर्शनी पनि मेलाको अर्को विशेषता हो,’ उनले भने, ‘पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने तथा व्यवसाय बिस्तारको संभावनाको खोजीका लागि नै मेला आयोजना गरिएको हो ।’

मेलामा सिएसआइटी एसोसियसनसँगको सहकार्यमा मेलामा आइटीसम्बन्धी खेल तथा प्रतियोगिताहरु पनि राखिएका छन् ।

सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरका अनुसार शनिबार श्रीकृष्ण बम मल्ल, पार्वती गुरुङ, सरस्वती लामिछाने, सन्तोष सुुवेदी, मञ्जु पौडेललगायत कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो ।

आइतबार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ, कमला सुनार, शिवहरि ढुंगाना, राजन कार्कीलगायतको प्रस्तुति रहने छ ।

यसैबीच, मेला हेर्न आउने दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ । मोबाइल बितरक संघ, गण्डकीको सहकार्यमा आयोजित चौंथो मोबाइल एक्सपोअन्तर्गत मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुट व्यवस्थासहित एक्सचेञ्ज अफर, किस्तामा मोबाइल फोन खरिदको प्याकेज मेलामा रहनेछ । दर्शकमध्येबाट हरेक दिन ५ जनालाई डोर प्राइजमा मोबाइल उपलब्ध गराइने मोबाइल वितरक संघ गण्डकी अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए ।
बिहीबारदेखि सुरु मेला १७ माघसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width