डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद

आदर्श समाज सम्वाददाता
माघ १३, २०८१
DISNEYLAND

पोखरा । पोखरा मासबारस्थित डिज्नील्याण्ड एकेडेमीले सर्वाङ्गीण विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ सप्ताहव्यापी खेलकुद कार्यक्रम गरेको छ ।

सदनात्मक तथा खुला प्रतिस्पर्धात्मक विभिन्न खेलकुदमा नर्सरीदेखि कक्षा ३ सम्म विविध ८ प्रतिस्पर्धात्मक खेलहरू भएका थिए ।

यसैगरी, कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका लागि एथ्लेटिक्सतर्फ अन्तरसदनात्मक १०० मिटर, २०० मिटर दौड र ४०० मिटर रिले दौड तथा अन्तर सदनात्मक छात्रछात्रा फुटबल, व्याडमिन्टन, टेबल–टेनिस, युनी हक्की, बुद्धिचाल, रस्साकस्सी, स्कोर दि गोललगायत विविध खेलहरु विद्यालयको आफ्नै खेल मैदानमा भएको विद्यालयका अतिरिक्त विभाग प्रमुख प्रेम गिरीले जानकारी दिए ।

खेलकुद समापनमा प्राचार्य नरेशप्रसाद बरालले खेलकुदका कार्यक्रमले विद्यार्थीको शारीरिक र मानसिक विकासका साथै अनुशासन, सामुहिक भावना र नेतृत्व क्षमता विकास गर्न अत्यन्त आवश्यक रहने हुँदा विद्यालयले खेलकुद विकासका लागि कुनै पनि कसुर बाँकी नराख्ने जनाए । विजेता खेलाडीलाई विशेष कार्यक्रम गरी १८ माघमा पुरस्कृत गरिने विद्यालय निर्देशक मित्रबन्धु बरालले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीले गत ६ माघमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । सो अवसरमा खेलकुद सप्ताहमा सहप्राचार्य दीपक पोख्रेलले पनि शुभकामना मन्तव्य दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width