दलित पत्रकार संघ गण्डकीमा पूर्ण

आदर्श समाज सम्वाददाता
माघ १३, २०८१
Dalit Patrakar Gandaki

लेखनाथ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय क्षेत्र बन्दीपुरमा सम्पन्न भएको छ । अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि तनहुँका पूर्ण बिकेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

यस्तै? कार्यसमिति उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्षमा लक्ष्मी सुनार (गोरखा), सचिवमा रामशरण नेपाली (कास्की), सहसचिवमा अर्जुन हिताङ (पर्वत), कोषाध्यक्षमा टोपबहादुर बिक (कास्की) छन् ।

सदस्यमा लक्ष्मण बिक (पर्वत), पूर्णिमा परियार (स्याङ्जा), श्यामसित्तल परियार (लमजुङ), अमृत बिक (गोरखा), किरण गोतामे (नवलपुर), बिमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ), सरस्वती ल्वागुन (मुस्ताङ) रहेका छन् । रिक्त १ सदस्य पछि थप गरिने जनाइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजमा ब्याप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताए । उनले सांस्कृतिक रुपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेको भन्दै पत्रकारले पीडितको पक्षमा कलम चलाउनुपर्ने बताए । ‘मानव भएर पनि दलित समुदायले मानवीय ब्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ,’ उनले भने, ‘कानूनमा जे लेखिए पनि ब्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारको साझा प्रयत्न अझै बढाउनुपर्छ ।’

उनले जनस्तरमा सही र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषणसहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढावा दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width