पोखरा । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय योजना र बजेटमार्फत देशको अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् ।
तनहुँ सम्पर्क समाज पोखराको शनिबार आठौं साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका अर्थविद् डा. वाग्लेले सो कुरा बताएका हुन् । उनले संविधानै फेरेर आमूल परिवर्तन गर्न सक्ने सरकारले रवि लामिछानेलाई देशको चारधाम घुमाएर समय खेर फालेको टिप्पणी गरे । राजनीति सङ्लो भए मुलुकको विकास गर्न धेरै वर्ष नलाग्ने बताए ।
संसदको शून्य समयमा आफूले तनहुँलाई केन्द्रित गरी आवाज उठाउने गरेको बताउँदै उनले पछिल्लो समयका राजनीतिक उपलब्धिलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले उक्त सभामा सम्मानित नीलकण्ठ शर्मा आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गर्दै ‘शर्मा लोकतन्त्रको दीयो हुनुहुन्छ’ भने ।
गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व मन्त्री हरिबहादुर चुमानले संघीय सरकारबाट अहिले केही आश नभएको र यो वर्षको बजेटसमेत बिग्रिएकाले आफूले चाहेजति कार्य गर्न नसकेको बताए । उनले सम्पर्क समाजलाई तनहुँका ग्रामीण क्षेत्रमा गएर राहतका कार्य गर्न सुझाव दिए ।
सम्मानित व्यक्तित्व नीलकण्ठ शर्माले रहरले नभई विशेष परिस्थितिले आफ्नो पोखरा बसाइँ भएको र सम्पर्क समाज गठनका लागि २०४५ सालमा पहल भए पनि २०४६ सालको परिवर्तनले त्यतिखेर राजनीतिक रुपमा छिन्नभिन्न पारेको स्मरण गरे । उनले सम्पर्क समाजमा अब पोखरामा जन्मिएका तनहुँका मानिसको नेतृत्व हेर्ने रहर भएको बताए ।
सम्मानित सुशील भट्टराईले समाजले युवापुस्तालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले पोखरामा संस्थाले नागरिक समाजको भूमिका खेलिरहेको बताए ।
मातृभूमि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिप्रसाद खनालले समाजले खोलेको सहकारीको अवस्था राम्रो भएको उल्लेख गरे ।
समाजका संस्थापक अध्यक्ष चन्द्रविक्रम अधिकारी पोखरामा तनहुँ सम्पर्क समाज ‘ब्राण्ड’ बनेको उल्लेख गरे ।
सल्लाहकार तथा पूर्व अध्यक्ष मुरलीमोहनले राणाकालदेखि नै कास्की, तनहुँ र लमजुङको सदरमुकाम पोखरा रहेको बताउँदै अनुभवी र युवा साथीहरुलाई समेट्नुपर्नेमा जोड दिए । अक्षयकोषदाता पद्मकिरण राणाले शुभकामना व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष भरत केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भुवन पराजुलीले स्वागत तथा महासचिव यामबहादुर सुर्खालीले संचालन गरेका थिए ।
अध्यक्षमा भुवन
समाजको आठौं अधिवेशनले भुवन पराजुली काफ्लेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समिति वरिष्ठ उपाध्यक्षमा यामबहादुर सुर्खाली, उपाध्यक्ष जसबहादुर गुरुङ, उपाध्यक्ष (महिला) चन्द्रावती वाग्ले, महासचिव जगन्नाथ गौतम, कोषाध्यक्ष श्रीराम शर्मा सापकोटा, सचिव राजु भण्डारी र सहकोषाध्यक्ष रमा पौडेल घिमिरे छन् । सदस्यमा सीता सिग्देल सुवेदी, ध्रुवकुमार महत, नारायणप्रसाद भट्टराई, विजयीलक्ष्मी खड्का, लालकुमारी गुरुङ, गोपाल रानाभाट, अमर अधिकारी, वीरेन्द्र काफ्ले, कृष्णराज पौडेल चयन भए ।
निर्वाचन समिति संयोजकमा गणेशबहादुर थापा तथा सदस्यमा अधिवक्ता तारा पौडेल, चन्द्रविक्रम अधिकारी, हरिप्रसाद खनाल र सूर्य लम्साल थिए ।
शर्मालाई ‘तनहुँ रत्न’ सम्मान
मानवअधिकारवादी नेता नीलकण्ठ शर्मा ‘तनहुँ रत्न’ पुरस्कारबाट सम्मानित भएका छन् ।
समाजको साधारणसभा उद्घाटन अवसरमा उनलाई राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका थिए ।
पूर्व अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले सम्मानित व्यक्तित्व शर्माको परिचय प्रस्तुत गरेका थिए । सोही समारोहमा विद्यावारिधि गरेका समाजका सदस्य दीपकराज पौडेल र सुशील भट्टराई, अक्षयकोषदाता अम्बिकाप्रसाद भट्टराई र अम्बर नागिलालाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
कर्मयोगी भक्तराज सम्मानित
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१