पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको करार विवाद १४ कात्तिकपछि झनै बाक्लिएको हो । ३७ औं कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय ग¥यो । कार्यान्वयनमा एमालेले साथ दिएन । उनले विरोधमा महानगरपालिका घेराउ मात्रै गरेन, विशेष नगर सभाकै माग ग¥यो । नगर सभाले करार कर्मचारीलाई १ माघदेखि नवीकरण नगर्ने म्याण्डेट दियो । यही बीचमा पटक–पटक अदालत समेत पुग्यो । अदालतले अन्तरिम आदेश नदिएपछि केही कर्मचारीलाई माघ पहिलो साता घर फर्काइएको छ । त्यसमा अधिकांश स्वास्थ्यतर्फका कर्मचारी छन् । हेल्थ असिस्टेन्ट पाँचौं ११ जना, स्टाफ नर्स १ जना, कम्प्युटर अपरेटर पाँचौं १ जना, ल्याब टेक्निसियन पाँचौं १ जना, सहायक कम्प्युटर अपरेटर ३ जना, अनमी चौंथो १५ जना, अहेब चौंथो १२ जना, ल्याब असिस्टेन्ट चौंथो ४ जना, अहेब खोप कार्यकर्ता चौंथो तहका ३ जना कर्मचारी हटाइएको हो ।
माघ ४ गते ५१ जना स्वास्थ्यका करार कर्मचारी हटाएको पोखरा महानगरपालिकाले फेरि करारमै नियुक्त गर्ने गरी ९५ कर्मचारी माग गर्ने तयारी गरेको छ । मेडिकल अधिकृत आठौं १ जना, स्टाफ नर्स ३ जना, हेल्थ असिस्टेण्ट पाँचौ २६ जना, फार्मेसी सहायक पाँचौ ३ जना, एनेस्थेसीया असिस्टेण्ट पाँचौ १ जना, रेडियोग्राफर पाँचौ १ जना, अहेव चौंथो २६ जना, अनमी चौंथो ३० जना र ल्याव टेक्निसियन चौंथो तहका ४ जना कर्मचारी करारमा नियुक्त गर्न लागेको हो । यसबाहेक वातावरण अधिकृत सातौं १ जना, मेकानिकल इन्जिनियर सातौं १ जना र स्ट्रक्चरल इन्जिनियर सातौं १ जना पनि माग गरिएको छ । कर्मचारी अभावको अल्पकालीन व्यवस्थापनको रुपमा आयोगका अस्थायी सूचीबाट नियुक्त गर्न खोजिएको हो ।
ती कर्मचारीहरु प्रदेश लोक सेवा र संघीय लोक सेवा आयोगबाट सञ्चालन भएका परीक्षामा अस्थायी योग्यताक्रमको सूचीबाट नियुक्त गरिने महानगरले जनाएको छ । कर्मचारी नियुक्तिका लागि तयार गरिएको आवेदन सूचना अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ‘लोक सेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्म पदपूर्ति गर्नुपर्ने भएकाले संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबाट सञ्चालन भएको परीक्षामा अस्थायी योग्यताक्रमको सूचीमा समावेश भएका व्यक्तिले योग्यताक्रमको सूची, कागजात, नागरिकता र न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रसहित १० दिनभित्र निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
कर्मचारी अतिआवश्यक भएकोले सुरुमा निवेदन दिनेलाई सुरुमै नियुक्ति दिने सूचनामा उल्लेख छ । ‘कर्मचारी तत्काल पदपूर्ति गर्नुपर्ने भएकाले पहिला निवेदन पेस गर्ने व्यक्तिलाई पहिला नियुक्ति दिइनेछ,’ सार्वजनिक भएको सूचनामा भनिएको छ । स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल स्वास्थ्य संस्था नै चल्ने अवस्था नभएपछि कर्मचारी माग गरिएको बताउँछन् । ‘पद दर्ता नभएकोले लोक सेवा आयोगसँग माग्ने अवस्था छैन । पुराना करार निकालियो । स्वास्थ्य संस्थाहरु बन्द हुने क्रममा छन्,’ उनले भने, ‘१ जनाले कार्यालय चलाएका छन् । अल्पकालीन उपाय देखेर आयोगका अस्थायी सूचीबाट निवेदन मागेको हो ।’
५१ जना करार कर्मचारी हटाएर ९५ जना नियुक्त गर्ने गरी आवेदन मागिएको छ ।
पोखरामा नेपाल सरकारले सञ्चालन गरेका २४ र नगरपालिकाबाट चलेका २६ वटा स्वास्थ्य संस्था छन् । एउटा संस्थामा एक जना हेल्थ असिस्टेन्ट, एकजना अहेब र २ अनमी हुने गरी कर्मचारी चाहिने महाशाखाले जनाएको छ । ‘डेढ महिना यसरी नै धकेलिने भने पोखरामा विकराल रुप लिन्छ । स्वास्थ्यलाई सामान्य रुपमा लिन हुँदैन,’ अघि थपे, ‘यसरी माग्दा पनि आएनन् भने अन्तिम विकल्प सरुवा सहमति दिएर ल्याउने हो । त्यसरी पनि चलेन भने संस्था बन्द हुन्छ ।’ महानगरकै एक कर्मचारी व्यक्तिपिच्छेका करार कर्मचारी राख्नुभन्दा लोक सेवाको अस्थायी र वैकल्पिक सूचीबाट भर्ना गर्नु बढी प्रभावकारी हुने बताउँछन् । ‘सोझै टीको लगाउनुभन्दा लोक सेवाबाट ल्याउनु राम्रो हो । सही रुपमा कार्यान्वयन गरे यो आवेदन नराम्रो होइन,’ उनी भन्छन्, ‘कम्तीमा लोक सेवाको लिखित परीक्षा पास गरेका मान्छे आउँछन् ।’ हाल महानगरमा १ जना मात्रै स्वास्थ्य कर्मी भएको स्वास्थ्य संस्था ११ वटा छन् । अरुमा २–३ जनाका दरले कर्मचारी छन् । कर्मचारी नभएपछि नियमित सेवा समेत अवरोध भएको वडाध्यक्षहरुले बताएका छन् ।
दलविहीनताको परिकल्पना गरिएको स्थानीय तहमा दलीय प्रतिस्पर्धा हुँदा कस्तो असर पर्छ भन्ने उदाहरण देखाइरहेको छ, पोखरा । २०७९ को स्थानीय निर्वाचनबाट पोखराको कार्यपालिकामा काँग्रेसलाई बहुमत छ । नगर सभामा नेकपा (एमाले) को ‘डोमिनेसन’ छ । काँग्रेस–एमालेको दलीय स्वार्थमा मिचिएको पोखराका मेयर हुन्, एकीकृत समाजवादीका नेता धनराज आचार्य । त्यसो त यहाँको कर्मचारी प्रशासन पनि चरम दलीयकरणमा फसेको छ । कर्मचारीका आ–आफ्नै पार्टीगत संगठन छन् ।
२१ काज फर्काइयो
महानगरपालिकाले विभिन्न समयमा कामकाजका रुपमा पोखरा महानगरपालिका आएका २१ कर्मचारीलाई सम्बन्धित कार्यालयमै काज फिर्ता गर्ने निर्णय गरेर पत्र थमाएको छ । सामान्य प्रशासन मन्त्रालयमार्फत आएका १७ जना र मुख्यमन्त्री कार्यालयमार्फत आएका ४ जनालाई फिर्ता गरिएको हो । यसरी काज फिर्ता हुनेमा ज्योति थापा, नमनारायण ढुंगाना, अर्जुन बराल, प्रभात बराल, सुष्मा पौडेल, ईश्वर काफ्ले, प्रतिज्ञा अर्याल, सन्तोष काफ्ले, सुमन पराजुली, मिनुका भुजेल, सकुन अधिकारी, सन्तोषी पौडेल, धर्मराज अधिकारी, सुजाता शर्मा, परमेश्वर सुवेदी, नवराज पौडेल, बैकुण्ठ रिजाल छन् । यस्तै, दीपेश रेग्मी, सुभद्रा भट्टराई, सविता विश्वकर्मा र प्रतिमादेवी शर्मालाई पनि काज फिर्ता गरिएको हो ।
Related News
सम्बन्धित समाचार
कर्मयोगी भक्तराज सम्मानित
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१