पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।
यही १९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले गरे ।
पहिलो दिन महिलातर्फ ३ खेल भयो । तीमध्ये अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । आयोजक र त्रिभुवन आर्मी क्लबबीच भएको तेस्रो तथा अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट भने आयोजकले २५–२१ ले जित हासिल ग¥यो । र, लाइट प्रोटेस्टका कारण स्थगित गरिएको रेफ्री टहलसिंह थापाले बताए ।
त्यसअघि, पहिलो खेलमा एपिएफले थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको थियो । अर्को खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले हराएको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ २ विदेशी टोलीसहित ६÷६ टोलीले भाग लिएका छन् । पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ छन् । महिलातर्फ थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब, एपिएफ, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस र आयोजक छन् ।
महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख ८५ हजार रुपैयाँ पाउने छन् । उपविजेताले २ लाख ८५ हजार र तृतीयले १ लाख ८५ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए । सर्वाेत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । आयोजकले महिलातर्फ पहिलोपल्ट टिम मैदान उतारेको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।
प्रतियोगिता हेर्न प्यारापिटमा दर्शक खचाखच भरिएका थिए । यो प्रतियोगिताले पछिल्लो समय भलिबल क्रेज बढाउन मद्दत पुर्याएको छ ।
विगतको तुलनामा यसपालि प्रतियोगिता नयाँ फरम्याटमा खेलाइँदैछ । पुरुष र महिलातर्फ ६–६ टोलीमा दुवैतर्फ पहिला ३ खेल नकआउटमा हुनेछ । त्यसपछि विजयी टिम एकातर्फ र पराजित टिम अर्कातर्फ रहने छन् । दुवै समूहमा लिग खेलाइनेछ । लिगमा प्रत्येक टोलीले दुई खेल खेल्नेछन् । जित्ने समूहबाट पहिला र दोस्रो स्थानमा रहने टोलीले क्वालिफायर खेल्ने छन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । हारेका टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् ।
पहिलो क्वालिफायरको विजेताले फाइलनमा यात्रा सुरश्चित गर्नेछ भने पराजित टोलीले एलिमिनेटर विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । १९ माघमा फाइनल हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१