काठमाडौं । शुक्रबारदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । गत साता दुई नेपाली चलचित्र प्रदर्शनमा आएका थिए ।
‘मिसिङः केटी हराएको सूचना’ निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले नेपालभरका चलचित्र भवनमा चलचित्र प्रदर्शन भएको जानकारी दिएको छ । पहाडी समुदायकी केटी र मधेशी समुदायको केटा सामाजिक सञ्जालमार्फत भेट भएपछि निम्तिने घटनाक्रमलाई चलचित्रमा देखाइएको निर्देशक दीपेन्द्र गौचनले बताए ।
उनले भने, ‘तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधतालाई समेटेर तयार गरिएको चलचित्रले मिथिला भाषालाई पनि समेटेको छ, पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आए पनि मधेश कमै आएका छन्, हामीले प्रयोग गरेको स्थानीय मैथिली भाषा सहरिया दर्शकका लागि फरक हुनेछ, जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु ।’
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर परिचित निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाउनाका साथै मैथिली भाषाको प्रयोग गरेका छन् ।
‘भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेर चलचित्रको कथा तयार गरिएको छ, यसले मधेशको नयाँ पाटोलाई दर्शकमाझ प्रस्तुत गर्छ,’ उनले भने ।
चलचित्रको अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई देखाइएको छ । दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने निर्देशक गौचनले जानकारी उनले दिए । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिका निर्वाह गरेका छन् ।
उनीहरु दुवैले पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया उक्त प्रदर्शनीमा चलचित्रकर्मीले दिए ।
चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारको अभिनय छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१