गाईभैंसीपालक कृषकलाई तालिम

आदर्श समाज सम्वाददाता
माघ १२, २०८१
buffalo

पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर प्रालि पोखरा र पञ्चासे डेरीको व्यवस्थापनमा एकदिने तालिममा वडा २३ र २४ का गरी ६५ जना गाईभैंसीपालक कृषकले भाग लिएका थिए ।

वडा २४ का वडा सदस्य रेशम सुवेदीको प्रमुख आतिथ्यमा भएको तालिममा श्रीनगर एग्रिटेक इन्डष्ट्रिजका नेशनल सेल्स म्यानेजर डा. गिरीराज खनालले प्रस्तुति दिए ।

वडा २३ पशुसेवा शाखाका प्रमुख जनार्दन शर्मा र प्राविधिक जनकराज भट्टराईले गाईभैंसीपालनको वर्तमान अवस्था, अवसर र चुनौतीबारे प्रकाश पारे ।

एसके एग्रिकल्चर प्रालिका नारायण ढकालले उत्कृष्ट कृषकलाई मायाको चिनोसहित सम्मान गरेका थिए ।

कार्यक्रम संचालन पञ्चासे डेरीका व्यवस्थापक वीरेन्द्र गौतम र किरण त्रिपाठीले गरेका थिए । श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले क्षमता अभिवृद्धि गर्नेखालका विभिन्न तालिम संचालन गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width