तस्बिरः श्रीभद्र पौडेल
पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ ।
समारोहको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाले शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै सामुदायिक विद्यालयप्रति अभिभावकको क्रमशः विश्वास बढ्दै गइरहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि गाउँपालिका विकास बजेट घटाएर शिक्षामा लगानी बढाउन तयार रहेको स्पष्ट पार्दै चालु आवमा शैक्षिक सुधार मार्फत पालिकाले कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने नीति लिएको अवगत गराए ।
अध्यक्ष केसीले जहाँ विद्यार्थी त्यहाँ शिक्षक अवधारणलाई पालिकाले आत्मसात गरिरहेको धारणा राख्दै अनुशासनको पाठ पढाउने शिक्षक स्वयम् अनुशासित हुनुपर्ने तर्क गरे । शैक्षिक उपलब्धिको पहिलो जिम्मेवार पक्ष शिक्षक भएको उनको भनाइ छ ।
नेपाल सरकारका उपसचिवसमेत रहेका छविलाल स्मृति छात्रबृर्तिकोष संस्थापक घनश्याम पौडेलले व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिँदै त्यसमा लागि घारापानीमा कृषितर्फ सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्ने औँल्याए । उनले विद्यार्थी घटेकोमा चिन्ता नलिन सुझाव दिँदै सेवाक्षेत्रबाट किन अध्ययनका लागि विद्यार्थी अन्य शैक्षिक संस्था गए ? भन्ने विषय भने सोचनीय रहेकोतर्फ सचेत गराए ।
वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलले पठनपाठनका लागि विद्यार्थीको घरको वातावरण पनि बालमैत्री हुनुपर्ने स्पष्ट पार्दै घारापानीमा विद्यालय वस व्यवस्थापन गरी विद्यार्थी संख्या बढाउनुपर्ने तर्क राखे ।
त्यस अवसरमा वडा सदस्य समेत रहेका लक्ष्मी आधारभूतका अध्यक्ष कृष्णप्रसाद पौडेल, विद्यालयका पूर्व अध्यक्ष लक्ष्मण विक, करुणनिधि शारदा स्मृति कोषका संस्थापक महेश्वर पौडेल, ढिकुरपोखरी समाज पोखराका पूर्व अध्यक्ष सोमनाथ पौडेल, सहयोगकर्ता राजेन्द्र अधिकारी, पूर्व प्रअ महेन्द्रबहादुर कुँवर, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय प्रमुख विकल पौडेल, बालमन्दिर माविका प्रअ राजुप्रसाद दाहाल, सेरा टोल सुधारका अध्यक्ष विष्णुप्रसाद अधिकारी लगायतले पनि धारणा राखे ।
कार्यक्रमबीच सहयोगदाता बायोमी इन्टरनेशनलका राजेन्द्र अधिकारी र भावना लामा, त्यस्तै गरी ऋषि भण्डारी, पूर्व शिक्षक सरिता कँडेल र बुद्धिप्रसाद भण्डारी, अप्सरा भुगाईं, कविता विश्वकर्मा, नेत्र आचार्य, हर्क नेपाली, राजेश परियार, सपना नेपाल, अँधेरीखोला सामुदायिक वन उपभोक्ता समितिलाई सम्मान गरियो । त्यस्तै, पूर्व विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई पनि सम्मान गरिएको छ । सहायक प्रधानाध्यापक नयन पौडेल, शिक्षक कृष्णप्रसाद दाहाल, अभिभावक जगन्नाथ पौडेल पुरस्कृत भए ।
प्रधानाध्यापक हरिप्रसाद भण्डारीले सबैको सद्भावबाट विद्यालय हालको अवस्थामा आएको धारणा राख्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित गर्न सरोकारवालाको निरन्तर सहयोगको अपेक्षा सुनाए । कार्यक्रमबीच विद्यार्थीले पञ्चेबाजा बजाउनुका साथै अन्य विभिन्न प्रस्तुति राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक उदयराज सुवेदीले स्वागत र सहायक प्रधानाध्यापक पौडेलले कार्यक्रम संचालन गरे ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१