पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) आयोजनामा शुक्रबार आइडिया कन्टेस्ट प्रतियोगिता भयो । १२ समूहले आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेकामा रिजेन फ्युल्स एण्ड इनर्जी प्रथम भयो । उसले १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
डेली बास्केट समूहले दोस्रो स्थान प्राप्त गरी ६ हजारसहित प्रमाणपत्र प्राप्त गरेको कलेज प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।
प्रतियोगीको योजनाको मूल्यांकन व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारी, मुक्ति इनर्जी तथा हरिलोका संस्थापक प्रकाश आचार्य र पहिरन टे«डिङका कार्यकारी निर्देशक लक्ष्मी थापा गिरीले गरेको कार्यक्रम संयोजक हरि अधिकारीले बताए ।
प्रतियोगिताले उद्यमशीलता विषय अध्ययन गरिसकेका विद्यार्थीमाझ उद्यमी सोच निर्माण गर्न सघाएको उपप्राध्यापक निकेश कर्माचार्यले बताए । कार्यक्रम संचालन उपप्राध्यापक सुवास मल्लले गरेका थिए ।
पोखरा कलेज अफ म्यानेजमेन्टले २ दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थी बिबिए, बिबिए फाइनान्स र बिसिएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१