गुणस्तरीय शिक्षामा सरोकारवालाको भूमिका

आदर्श समाज सम्वाददाता
माघ १२, २०८१
teacher nawalpur

गैंडाकोट । नेपाल निवृत्त शिक्षक समाज नवलपुरले गुणस्तरीय शिक्षामा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया तथा नारायणदेव–पार्वती पंगेनी शैक्षिक सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

समाजका जिल्ला अध्यक्ष भागवत्प्रसाद गौतमको सभापतित्व एवं नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिका सल्लाहकार शिक्षाविज्ञ विभाग प्रमुख रमाकान्त सापकोटाको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।

सापकोटाले शिक्षक भनेका बौद्विक व्यक्तित्व भएका कारण उनीहरूले नै गुणस्तरीय शिक्षाको लागि ध्यान दिनुपर्ने बताउँदै शिक्षकले सरुवा बढुवामा मात्रै लोभीपापी मन गराउन नहुने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शरदचन्द्र पण्डित, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपेन्द्र राज श्रेष्ठ, जनक नमुना माविका प्रअ चूडामणि शर्मा कँडेल, नारायण देव–पार्वती पुरस्कार दाता हिमालदेव पंगेनी, जनक मावि विद्यालय व्यवस्थापन समिति सदस्य कमला पौडेल तिवारीलगायतले गुणस्तरीय शिक्षाका लागि योजनाबद्व रूपमा सरकारले कार्यक्रम अगाडि बढाइरहेको भए पनि प्रभावकारी रूपमा कार्यक्रमहरू अघि बढ्न नसकेको जिकिर गरे ।

नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति नवलपुरले आफ्नोमातहत ल्याएको नारायण देव–पार्वती शैक्षिक पुरस्कारबाट यो वर्ष जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयका व्यवस्थापक र प्रधानाध्यापक र गुणस्तरीय शिक्षा प्रदान गर्दै अवकाश लिएका शिक्षकहरूलाई सम्मानसमेत गरेको थियो । सम्मानित हुनेमा जनक नमुना मावि गैंडाकोट ५, भानुदय मावि विनय त्रिवेणी १ र अवकाश प्राप्त शिक्षकहरू शरदचन्द्र पण्डित, त्रिवेणी प्रसाद शर्मा हुन् ।

उक्त पुरस्कार समाजका पूर्व अध्यक्ष नारायणदेव पंगेनीको जन्मदिन तथा वैवाहिक वर्षगाँठ अवसरमा २५ हजार रुपैयाँ कोषसहित पुरस्कार उनका छोराहरू हिमालदेव पंगेनी र दिक्पाल देव पंगेनीले स्थापना गरेका हुन् ।

कार्यक्रम संचालन संस्थाका सचिव खेमलाल कँडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width