पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११ जना प्रतिस्पर्धी ¥याम्प उत्रिँदैछन् । जसमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पूर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पूर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ रहेको कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिए ।
विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्यूअर्स च्वाइसले २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन् ।
मूल संयोजकमा पूर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ छन् । प्रमुख निर्णायकमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, पूर्व मिस नेपाल जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ छन् भने चर्चित कलाकार विशाल काल्तान, राजेन्द्र नेपाली लगायतका कलाकारको प्रस्तुति रहने छ । कार्यक्रमबाट बचत रकम पेमा धेछेन्लिङ तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।
सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रमका सहभागीलाई विभिन्न विषयमा तालिमपछि ग्रान्ड फिनाले उतार्न लागिएकाे हाे ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१