मेला हेरे मोबाइल !

आदर्श समाज सम्वाददाता
माघ ११, २०८१
mela

पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ ।

मोबाइल बितरक संघ, गण्डकीको सहकार्यमा आयोजित चौंथो मोबाइल एक्सपोअन्तर्गत मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुट व्यवस्थासहित एक्सचेञ्ज अफर, किस्तामा मोबाइल फोन खरिदको प्याकेज मेलामा रहनेछ । दर्शकमध्येबाट हरेक दिन ५ जनालाई डोर प्राइजमा मोबाइल उपलब्ध गराइने मोबाइल वितरक संघ गण्डकी अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए ।

क्यान कास्की सहकार्यमा हुने १२ औं क्यान इन्फोटेकअन्तर्गत सूचना प्रविधि क्षेत्रमा आएका नयाँ आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवं यसको बजार, आइटीसँग सम्बन्धित खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले बताए । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल एक्सपोमा सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनको प्रदर्शनी अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्युटर र मोवाइल, पुष्प प्रदर्शनीसमेत रहेको प्रचार संयोजक मनोहरि पौडेलले बताए ।

मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने जमर्को गरिएको महासचिव शोभा गौतमले बताइन् ।

शुक्रबार कलाकार पुरूत्तोम न्यौपाने, घनश्याम रिजाल, कमला गैहे, सविना गुरूङ लगायत कलाकारले प्रस्तुति दिए । शनिबार मञ्जु पौडेल, श्रीकृष्ण बम मल्ल, पार्वती गुरूङ, सरस्वती लामिछाने, सन्तोष सुवेदीलगायत कलाकारको प्रस्तुति रहने छ । बिहीबारदेखि सुरु मेला १७ माघसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width