ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ ११, २०८१
daddys-kitchen 2

पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ ।

‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’ नाराका साथ युवा उद्यमीद्वारा नेपालमै केही गरौं भन्ने उद्देश्यसाथ बुटवल दीपनगरबाट ठेला, फुड ट्रक, क्याफे हुँदै रेष्टुरेन्टको रुपमा संचालित ड्याडिज किचनले पोखराभित्र चौंथो शाखा बिस्तार गरिसकेको छ ।

चिप्लेढुंगा, बिनायक मार्ट अगाडि संचालन ड्याडिज किचनको शुक्रबार औपचारिक उद्घाटन भयो । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षीया लक्ष्मीदेवी द्वाले संयुक्तरुपमा शाखा उद्घाटन गरेका हुन् ।

कम्पनी संचालक ड्याडिज ग्रुप अध्यक्ष कमलजंग कुँवरका अनुसार उक्त शाखामा नेपाली, इण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना÷खाजा, फुड डेलिभरीको सुविधा, मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्यूजिक, बर्थ–डेलगायत विभिन्न कार्यक्रमहरुको सेलिब्रेसन, रमाइलो अनि आरामदायी वातावरण, आत्मीय सेवाको अनुभव, व्यवस्थित पार्किङ लगायत सुविधा छन् । उद्घाटन अवसरमा साँझ राष्ट्रिय कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले समेत सांगीतिक प्रस्तुति राखेका छन् । १५ माघसम्म क्रमशः हाँस्यकलाकार सन्दीप क्षेत्री, गायक एस.कुमार र कपिल पुन र नेशन पुनसमेतको विशेष प्रस्तुति रहनेछ ।

पोखरामा १० वर्षअघि बिरौटामा ड्याडिज फुड ट्रकरुपमा संचालित रहेकोमा बिरौटा हिमालीटोलमा ड्याडिज किचन र सिमलचौरमा ड्याडिज एक्सप्रेस संचालित छन् ।

रुपन्देही, कास्की र काठमाडौंका विभिन्न ठाउँमा बिस्तार गरेका २२ शाखाहरुमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेन्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरुमा क्यान्टिन संचालित छन् । आगामी वर्ष भारतको नयाँ दिल्लीबाट ड्याडिज किचन नामबाट थप सेवा बिस्तार गर्ने योजना रहेको अध्यक्ष कुँवरले बताए ।

उनका अनुसार देशभर ७ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिलाएकोमा पोखरामा मात्र २७० जनाभन्दा बढी रोजगारत् छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width