राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

आदर्श समाज सम्वाददाता
माघ १०, २०८१
mela 2

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सुरु भएको छ । यस्तै, १२ औं क्यान इन्फोटेक तथा चौंथो मोवाइल एक्सपोसमेत शुभारम्भ भयो ।

मेला उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।

‘कति मान्छे आए, कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् कि मनोरञ्जन मेला भन्नुप¥यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ,’ उनले भने, ‘हाम्रो परम्परागत शैली के छ भने राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो, पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’

प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकार लागिरहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए । गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रस्ट रहेको सुनाए ।

पोखराका मेयर धनराज आचार्यले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुःखदायी भएको उनको भनाइ थियो ।

जितपुर सिमरा उद्योग वाणिज्य संघ अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग/व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए ।

आयोजक संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको सम्भावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले नै मेला आयोजना गरेको बताए ।

उनले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को लक्ष्य प्राप्तिमा समर्पित रहेको पनि प्रस्ट पारे । कार्कीले सरकारले हालैमात्र अध्यादेशमार्फत निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु सम्बोधन गरेको सरकारले नागरिकले अपेक्षा गरेजस्तै आर्थिक समृद्धि, समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको लागि काम गरोस् भन्ने नै हाम्रो चाहना रहेको सुनाए ।

क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् ।

संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन र महासचिव शोभा गौतमको संचालन गरेकी थिइन् ।

सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । रोल्पा–पोखरा सम्पर्क समाजले आफ्नो परम्परागत भूमेनाच प्रस्तुत ग¥यो । विभिन्न कलाकारको सांगीतिक प्रस्तुतिले पनि माहोल ततायो । कार्यक्रम सुरु हुनुअघि आमा समूह, विद्यार्थी, सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले ¥याली र झाँकी पनि प्रस्तुत गरेका जानकारी सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले दिए ।

शुक्रबार पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, घनश्याम रिजाल, कमला गैरे, सविना गुरुङ सांगीतिक प्रस्तुति रहने छ । एक सातासम्म चल्ने मेलामा सातवटै प्रदेशका उत्पादनको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्युटर र मोबाइल, पुष्प प्रदर्शनी राखिएको छ ।

महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कार, एआई, उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी दिनेछ । चौंथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा मोबाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइने छ ।

पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल वितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा मेला भएको हो । बाल्ट्रा होम एप्लाएन्स मेला मुख्य प्रायोजक हो भने अन्य सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई), सुजल डेरी र माछापुच्छ«े बैंक छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width