खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

आदर्श समाज सम्वाददाता
माघ १०, २०८१
mbs

पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका छन् ।

आगामी २ वर्षे कार्यकालका लागि बिहीबार भएको मतदानमा उनले अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठलाई ९ मात्र मतअन्तरले पराजित गरेका हुन् ।
उनले ३६ मत ल्याए भने सुरजले २७ मत ल्याएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज बरालले जानकारी दिए ।
सुरज यसअघि कार्यसमितिका उपाध्यक्ष थिए भने एमबि आस्था सदस्य थिए ।

कार्यसमिति उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्ष विमल तिवारी निर्विरोध भएका थिए ।

समावेशी उपाध्यक्षमा उमा आले मगर, महासचिवमा परशुराम शर्मा आचार्य र सचिवमा राजु गिरी निर्वाचित भए ।
उमाले ३६ मत ल्याउँदाका उनका प्रत्यासी राधिका कँडेलले २७ मत ल्याइन् ।

महासचिवमा निर्वाचित परशुराम शर्माले ३८ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी जिसी पल्पसाले २५ मत प्राप्त गरेकी छन् ।
सचिवमा निर्वाचित राजुले ४१ मत ल्याएका हुन् । उनका प्रत्यासी कविता घर्तीमगरले २३ मत प्राप्त गरेकी छन् ।

सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा (प्रवीण), बसबहादुर शेर्पाा (बसन्त), रिखीराम जिसी, विजय नेपाली, गिता राना र बालकुमारी पौडेल (तारा) निर्विरोध भए ।

कुल ७४ मतदातामध्ये निर्वाचन प्रक्रियामा ६४ जनाले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width