पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।
म्याराथन सभ्य र भव्य बनाउन मञ्चले २३ उपसमिति (नेपालमा) र ६ वटा अन्तर्राष्ट्रिय समिति बनाएर काम अघि बढाएको जनाएको छ । १९ औं संस्करणमा आइपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पूरा गर्नेछन् । पोखरा रंगशालाबाट सुरु हुने म्याराथनको समापन हल्लन चोकमा हुनेछ ।
म्याराथन व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन रहँदै आएको छ । मोफसलमा हुने सबैभन्दा ठूलो यो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको छ ।
मुख्य प्रायोजक सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको विश्वास कायम गर्नुका साथै पोखरावासीको मनसमेत जित्न सफल भएको सुजल डेरी प्रालिले जनाएको छ । कम्पनीले समेत म्याराथनमा सहभागी भई ‘स्वास्थ्यको लागि, पोखराको लागि’ दौडिन आह्वान गरेको छ ।
म्याराथन विशेष बनाउन मुख्य म्याराथनका विधाका सहभागीलाई चिप्सको प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।
विजेताले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख प्राप्त गर्ने छन् । चौंथोलाई ५० हजार, पाँचौँलाई ३० हजार, छैटौंलाई २० हजार, सातांैलाई १५ हजार र आठौंलाई १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । महिला तथा पुरुष हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र, छात्रा, भेट्टान (५० वर्षमाथि), ह्विल चियर तथा दृष्टिविहीनतर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।
स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सधैं झैं रन फर फन हुनेछ । यहाँ सबै उमेर समूहका सहभागीले भाग लिन सक्ने छन् ।
Related News
सम्बन्धित समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१