पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक महोत्सव हुने भएको छ ।
पोखरामा पर्यटकको बसाइँ एकदिन लम्ब्याउने उद्देश्यअनुरुप विशाल महादेवको मूर्तिलाई पर्दा बनाइ लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँच बिस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तराष्ट्रिय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्नेलगायत लक्ष्य महोत्सवले राखेको छ । आध्यात्मिक जागरण फैलाउने र सनातन धर्मको संरक्षण गर्दै पुम्दीकोटलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउने थप उद्देश्यसहित महोत्सव आयोजना गरिएको पुम्दिकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
महोत्सवमा दैनिकरुपमा कथा वाचिका राधिका दासीबाट भागवतमन्जरी वाचन हुनेछ । पहिलो दिन कलशयात्रा पूर्वाङ्ग पूजा एवं आरम्भ गरिने छ ।
उक्त कार्यक्रम सम्पन्न गर्न मंगलबारको भेलाले अध्यक्ष चन्द्रकान्त बरालको संयोजकत्वमा ११९० सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
भेलामा पोखराका मेयर धनराज आचार्यले पालिकाको यो वडाभित्र पर्ने धार्मिक सरचना र कार्यक्रमको लागि आफुले पालिकाले लिनुपर्ने सबै जिम्मेवारी बहन गर्न तयार रहेको बताए ।
प्रदेश सांसद प्रकाश बरालले पशुपतिनाथ पछाछि सबैभन्दा धेरै पर्यटक आउने यो धार्मिक स्थलमा पर्यटकीय आतिथ्यमा पनि विशेष ध्यान दिन जरुरी रहेको बताए ।
अध्यक्ष बरालले पूर्वजले बनाएका सिंहदरबारजस्तै संरचना हाम्रो पालामा पनि बन्न जरुरी रहेको बताए ।
पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दीकोट जाने बाटो एकतर्फी बनाउनुपर्ने सुझाव दिए । कार्यक्रम संचालन समिति सल्लाहकार मातृकाप्रसाद बरालले गरेका थिए ।
पुम्दीकोट पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । समितिले यसअघि २०७३ र ०७९ मा समेत धार्मिक महोत्सव गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१