पोखरा । पोखराका पत्रकार हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र समूहकी अध्यक्ष बबिता मल्लले उनलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
२०६३ देखि पोखराको पत्रकारितामा निरन्तर क्रियाशील पन्तले पत्रकारिता माध्यमबाट संस्थाका गतिविधि प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको सचिव रचना अधिकारीले जानकारी दिइन् ।
सोही अवसरमा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरु, समूहका सल्लाहकार अम्विका थपलिया र कोषाध्यक्ष जुना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले महिलाले आफ्ना घरका काम सकेर सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनु सुखद् भएको बताए । धादिङ त्रिपुरा बाराही महिला समूह वडाकै उत्कृष्ट समूह भएको भन्दै समूहका गतिविधिमा आफ्नो र वडाको साथ रहने प्रतिवद्धता जनाए ।
धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष श्रेष्ठले समाज र समूहबीच सहकार्य गरेर अघि बढ्न सकिने बताइन् । सम्मानित पत्रकार पन्तले सम्मानले पत्रकारिता क्षेत्रमा अझै सक्रिय हुन ऊर्जा मिलेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारीलगायत बोलेका थिए ।
समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मीमाया थापा र सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।
साधारणसभाले सचिव अधिकारी र कोषाध्यक्ष जुुना श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
यसैबीच, अधिवेशनले लक्ष्मीमाया थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा वृन्दा धरेल, उपाध्यक्षमा रचना अधिकारी, सचिवमा जुना श्रेष्ठ, सहसचिवमा शान्ता धरेल, कोषाध्यक्षमा रेञ्जु थापा र सहकोषाध्यक्षमा सविता धरेल छन् ।
सदस्यमा कमला श्रेष्ठ, लक्ष्मीमाया अधिकारी राना, नानीमाया अधिकारी, अस्मिता लम्साल, संगीता खतिवडा, सावित्री बराइली छन् । कृष्णकुमार श्रेष्ठ संयोजक, कृष्णबहादुर लम्साल सदस्य र हरि पन्त सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो।
Related News
सम्बन्धित समाचार
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
hero news full width
मुख्य समाचार
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१