पोखरा । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम सम्पन्न भएको छ।
बुधबार पोखरामा उक्त तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले पत्रकारहरूको लागि नेपालको पूँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीबारे जानकारी दिनु महत्वपूर्ण रहेको बताए । उनले यस प्रकारका कार्यक्रमले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आमनागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नीरञ्जय घिमिरेले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासको बारेमा जानकारी दिँदै पत्रकारलाई बजारको संरचना र नियामक प्रणालीको महत्व बुझ्नका लागि आग्रह गरे ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक, मुरारी पराजुली र सिडिएस क्यिरिङका उपप्रबन्धक सुरेश न्यौपाने, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकासहरू बारेमा सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष, रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहने पत्रकारहरूको थप क्षमता वृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।
महासंघका उपाध्यक्ष प्रकाश पौडेलले स्वागत सहित विषयवस्तुमाथि प्रष्टाएका थिए ।
तालिमका सहभागीले आर्थिक पत्रकारितामा नयाँ दृष्टिकोण थप्ने र वित्तीय क्षेत्रका गहन र तथ्यपरक समाचार तयार गर्न मद्दत पु¥याउने धारणा राखेका थिए । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ५० जना पत्रकारको सहभागिता रहेको महासचिव जमुना वर्षा शर्माले जानकारी दिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१