मुल्मीको एकल चित्रकला प्रदर्शनी

आदर्श समाज सम्वाददाता
माघ ९, २०८१
mulmi

पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ ।

पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा गत ५ माघदेखि रानीपौवाको हेमकान्ती आर्ट ग्यालरीमा भएको प्रदर्शनी मंगलबार समापन भएको हो ।

प्रदर्शनीमा पोखरेली कलाप्रेमीले सुरुचिपूर्वक अवलोकन गरेका थिए ।

कलाकार मुल्मीलाई पोखरेली युवा साँस्कृतिक परिवारले हालै ललितकला पुरस्कार पनि प्रदान गरेको थियो । समापनमा शिक्षासेवी जोर्ज जोनले मुल्मीका चित्रकला दार्शनिक भावभूमिमा सिर्जना गरिएको र अत्यन्तै सुन्दर भएको भनि प्रशंसा गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार दुर्गा बराल र तीर्थ श्रेष्ठले पनि मन्तव्य दिएका थिए ।

कलाकार मुल्मीले आफूले पनि कलासाधनामा लाग्नेहरुलाई प्रोत्साहित गर्न योगदान दिने भन्दै २ लाख रुपैयाँ रकम पुरस्कार कोषका लागि प्रदान गर्ने वचन दिए ।

पोउसापका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ कलाकार एवं संस्थाको सल्लाहकार बुद्धि गुरुङ र संचालन संस्थाका सचिव एमडी काफ्लेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width