कालिका माविको ४२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ९, २०८१
0-0x0-0-0#

0-0x0-0-0#

पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो ।

सो अवसरमा निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान–२०८१ प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सांसद भीम कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

उनले आजका विद्यार्थीलाई माटो चिनाउन सकियो भने संसारका जुनसुकै कुनामा पुगे पनि देशलाई सम्झन सक्ने भनाइ राखे ।

प्रधानाध्यापक रुपिन्द्र प्रभावीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले क्रमशः प्रविधिमैत्री सिकाइलाई अघि बढाइएको बताए । उनले आगामी दिनमा विद्यालयलाई पाठ्यपुस्तकको पढाइ मात्र नभई विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गरिने योजना सुनाए ।

कार्यक्रममा वडा सदस्य विनोद भण्डारी, तिक्लाङ टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर खत्री, शिक्षक अभिभावक संघका सदस्य लोकनाथ पौडेल, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष यदुराज आचार्य, सचिव दधिराम पौडेल, निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी मोहन प्रधान, टुकराज भण्डारीलगायतले शुभकामना दिए ।

कार्यक्रममा शैक्षिक तथा खेलकुदका क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयद्वारा स्थापित अक्षयकोषका लागि फूलमाया श्रेष्ठ र हरिकुमार श्रेष्ठले २५ हजार ५ सय ५५, देवेन्द्र गुरुङले १० हजार, होमबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले २५ हजार र सन्तोष भुजेलले १० हजार रुपैयाँ प्रदान गरेका थिए । उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले सम्मान गरे ।

सहायक प्रअ बालकुमारी थापाको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी कृतिका केसीले स्वागत गरेकी थिइन् । विद्यार्थीले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width