पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २१ माघदेखि बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ माघ दिउँसो २ बजे संसद् बैठक डाक्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।
‘बिजनेस आगामी बैठकले तय गर्छ । अहिले चाहिँ बैठक बोलाउने निर्णय भएको छ,’ उनले भने । मन्त्रिपरिषद् बैठकले गाँजा खेतीलाई मान्यता दिलाउन तयार गरिएको विधेयक संसदमा ‘टेबुल’ गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, प्रदेश सरकारको आयुर्वेदिक अस्पतालमा कर्मचारी भर्ना गर्ने निर्णय भएको छ । हिउँदे अधिवेशनमा १० वटा हाराहारी विधेयक पास गर्ने तयारी सरकारको छ । संसदमा दलित विधेयक, अपाङ्तासम्बन्धी र युवा परिषद् गठन, गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषामा मान्यता दिने विधेयक लगायतका विधेयक ल्याउन लागिएको सरकारले जनाएको छ ।
२ वटा विधेयक संसदीय समितिमा विचाराधीन छन् । बर्खे अधिवेशन गत ८ असोजमा अन्त्य भएको थियो ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१