पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा रास्वपा सभापति रवि लामिछानेसमेत ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।
मंगलबार उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जिल्लाको आदेशउपर कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको उपरजिष्ट्रार विश्वनाथ अर्यालले जानकारी दिए । अर्यालले भने, ‘उक्त मुद्दामा किन ७ जना प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश भएको हो भनी त्यसको कैफियत माग गर्ने आदेश भएको छ ।’
उनका अनुसार यो प्रक्रियामा सामान्यतया उच्चले ३ दिनभित्र उच्च सरकारी वकिल कार्यालयको निवेदन, उच्च अदालतको आदेश साथै राखी पत्र पठाउनेछ । जिल्लाले पत्र प्राप्त गरेको ७ दिनभित्र उच्चमा कैफियत प्रतिवेदन पठाउने अभ्यास छ ।
मुद्दाको अघिल्लो प्रक्रियामा उच्च अदालतले जिल्लाले गरेको आदेशको मिसिल माग गर्छ । त्यसपछि पेसी जान्छ । त्यो पेसी डिभिजन बेञ्चमा गइसकेपछि अरु प्रमाण बुझ्ने, दुवै पक्षका वकिलहरुको बहस, मिसिल अध्ययनलगायत आधारमा बेञ्चले डिसिजन गर्छ । यो प्रक्रियामा प्रतिवादीहरु अदालत उपस्थित हुनु पर्दैन । तिनका तर्फबाट वकिलहरुले बहस गर्ने छन् । वादीका तर्फबाट सरकारी वकिलहरुले बहस गर्ने छन् ।
गत २५ पुसमा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेसमेत ७ जना प्रतिवादीलाई फरक–फरक धरौटी रकम माग गर्दै रिहा गर्ने आदेश दिएको थियो । सो आदेशबमोजिम लामिछाने ८४ दिनको हिरासत बसाइँपछि थुनामुक्त भएका थिए । लामिछानेसँग ६५ लाख धरौटीको माग गरिएको थियो । गोर्खा मिडियाका पूर्व संचालकसमेत रहेका पूर्व डिआइजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरूङसँग ५ लाख, मीना गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो ।
जिल्लाको उक्त आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले प्रतिवादीहरुलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनी सोमबार उच्च अदालतमा निवेदन दिएको थियो ।
सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१