पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा सदस्यहरुले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार किटानी जाहेरी दर्ता गराएका हुन् ।
आफूहरुमाथि पोखरा १६ का मदन बस्नेतसमेतले कार्यालय समयमै आफूहरुमाथि आक्रमण भएको भन्दै वडाध्यक्ष कार्कीसहित वडासदस्य शोभा विक, तीर्थबहादुर सुयँल र रविराज तिवारीले कार्यालय समयमै आक्रमण गरिएको प्रहरीमा जाहेरी दिएका हुन् ।
काँग्रेसका नेतासमेत रहेका तरुण दल केन्द्रीय सदस्य बस्नेतसहितले नागरिकता बनाउने विषयमा विवाद हुँदा आक्रमण गरेको वडाध्यक्ष कार्कीले बताए । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नमाने पनि अहिले दर्ता भइसकेको उनको भनाइ छ । ‘जाहेरी लिएर जाँदा दर्ता भएन, पार्टी कार्यालयबाट दबाब आयो भने । पछि चौतर्फी विरोध भयो, अहिले दर्ता भैसकेको छ,’ उनले भने ।
उजुरी ६ गते नै दर्ता भैसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अभद्र व्यवहार कसुरमा ८/९ जनाविरुद्ध किटानी जाहेरी परेको हो ।
‘उच्चबाट फैसला भएको १ वर्षसम्म पनि नागरिकता दिन नमानेपछि घटना घटेको हो ।’
जाहेरीमा मदन बस्नेत र पोखरा–३२ की सुस्मा थापासमेतलाई प्रतिवादी बनाइएको छ । जनप्रतिनिधिले वडा कार्यालयमा रहेको सिसिटिभी फुटेजसमेत हेरेर तथा कर्मचारीहरुलाई सोधेर कारबाही गर्न माग गरेका छन् । ‘उनीहरु सुरुमै आएर सिसीटिभी क्यामेरा हेरिसकेका रहेछन् । म गएपछि मसँग बसे । नागरिकता दिने भए दिनू नभए लेखेर दिनू भने,’ वडाध्यक्ष कार्कीले भने, ‘मैले मिल्ने जति सिफारिस पठाइसकेको छु । सिडिओ कार्यालय जानू भनेपछि मसी छ्याप्ने काम भयो । मौका मिलेको भए आक्रमण गर्ने शैलीमै आएका थिए ।’
घटना के थियो ?
एक महिलाको नागरिकताका लागि बस्नेतसमेतको टोली वडामा पुगेको थियो । उनले आमाको नामबाट नागरिकता लिन चाहेकी थिइन् । यही विषयमा उच्च अदालत पोखराले नै दुईपटकसम्म ‘नागरिकता दिनू’ व्यहोराको आदेश गरेको छ । तर वडाले नागरिकताको लागि सिफारिस दिन आनाकानी गरेको आरोप पीडित पक्षको छ ।
‘उच्चबाट फैसला भएको १ वर्षसम्म पनि नागरिकता दिन नमानेपछि घटना घटेको हो । मुचुल्का पनि पटक–पटक भएको छ । नाता खुल्ने मुचुल्का पनि छ,’ घटनाका जानकार स्रोतले भन्यो, ‘उच्चको आदेश पहिलोपटक कार्यान्वयन नभएपछि पुनः रिट हालेको छ । अवहेलना मुद्दा पनि परेको थियो । तर दिन किन आनाकानी भयो त ? यसमा नियत नै देखिन्छ ।’
महिलाको बाबु धेरै पहिले बेपत्ता भएको खुलाएका छन् । वडाध्यक्ष कार्कीले चाहिँ आमा बसाइँसराइ आएको र बाबुको तीनपुस्ते खुलेको अवस्थामा बाबु नै नभएको भनेर सिफारिस दिन नसकेको बताउँछन् ।
‘आमाछोरीको नाता खुल्दैन । आमाको नाममा दिन समस्या होइन तर नाता त खुल्नुपर्छ नि,’ उनले भने, ‘तीनपुस्ते खुलेको केसमा बाबु छैन भनेर नागरिकता दिन सकिन्न भनें । दुईपटक सिफारिस पठाइदिएको हो । जे छ, सिफारिस गरेको हो तर सिडिओ कार्यालयले नागरिकता नदिएको हो ।’
कार्कीसहितका जनप्रतिनिधिले जीउज्यानको सुरक्षा र दोषीमाथि कारबाहीको माग गर्दै पार्टी पनि गुहारेका थिए । नेपाली काँग्रेस पोखरा ३२ वडा कार्यसमितिले पनि विज्ञप्ति नै निकालेर दोषीमाथि कडा कारबाहीको माग गरेको छ । विज्ञप्तिमा काँग्रेस वडा सभापति कुलप्रसाद अधिकारी र सचिव शिवराज पण्डितले संयुक्त हस्ताक्षर गरेका छन् ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले चाहिँ प्रहरीमा जाहेरी दर्ता गर्न अवरोध गरेको आरोप झुठो भएको बताए । पार्टीभित्रको समस्या मेलमिलापबाट समाधान गर्न आग्रहमात्रै गरेको उनको भनाइ छ । यस विषयमा कुरा गर्न खोज्दा आरोपी बस्नेत सम्पर्कमा आउन चाहेनन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१