पोखरा । पोखराको नयाँबजारमा बिहीबारदेखि ‘३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव–२०८१’ हुँदैछ । सोही अवसरमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौंथो मोवाइल एक्सपो–२०२५ समेत हुनेछ ।
मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि, र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखेको मंगलबार पत्रकार सम्मेलनमा आयोजक पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले बताए ।
महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कार, एआई, उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ । चौंथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा मोबाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइने अध्यक्ष कार्कीले बताए ।
मेलामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, क्यान कास्की, र नेपाल मोबाइल वितरक संघलगायतका संस्थको सहकार्य छ । बाल्ट्रा होम एप्लाएन्स मेला मुख्य प्रायोजक हो भने अन्य सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई), सुजल डेरी र माछापुच्छ्रे बैंक छन् ।
मेलामा औद्योगिक उत्पादन, कृषि जन्यवस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य पनि राखिएको प्रचारप्रसार संयोजक मनोहरि पौडेलले बताए । मेला प्रवेश गर्न न्यूनतम ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।
अध्यक्ष कार्कीले मेलाको आयोजना गैरनाफामूलक भएको स्पष्ट पार्दै यसलाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । मेलाले औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । संघका महासचिव शोभा गौतमलेले यस महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको बताइन् ।
पोखरा उद्योग वाणिज्य संघ खासमा मेला र महोत्सवको प्रवर्तक हो । मेलाको कार्यसम्पादन समिति संयोजक रहेका अध्यक्ष कार्कीले नेपालको च्याम्बर इतिहासमा पहिलोपटक व्यवस्थित रुपले मेला आयोजना गरेको स्मरणसमेत गराए । उनका अनुसार मेला र महोत्सवहरु आर्थिक गतिविधि बढावा दिन एवं अर्थतन्त्रलाई गति दिन सहायक हुन्छन् भन्ने ठहरका साथ संघकै अगुवाइमा २०४२ सालमा मेला आयोजना भएको थियो । ०४९ सालमा अझ व्यवस्थित रुपले ‘औद्योगिक मेला २०४९’ मेला भयो । संघले २०५२ सालमा पोखराको बसुन्धरा पार्कमा नेपालभरकै औद्योगिक उत्पादनहरुलाई समेटेर ‘पोखरा महोत्सव २०५२’ आयोजना ग¥यो । त्यो महोत्सवमा देशैभरका आद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको थियो । कतिसम्म भने सो मेला हेर्न र बुझ्न देशका विभिन्न भागबाट उद्योगी/व्यवसायीहरु पोखरा आएका थिए । त्यसउप्रान्त देशमा मेला र महोत्सव आयोजना गर्ने लहर चल्यो ।
पोखरा उद्योग वाणिज्य संघको सिको गर्दै अन्य उद्योग वाणिज्य संघहरुले मेला÷महोत्सव आयोजना गर्न थाले । मेला र महोत्सव अर्थतन्त्र चलायनमान बनाउने औजार बन्यो ।
क्यान कास्कीसँगको सहकार्यमा यही मेलामा समाहित १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत मेलामा सूचना पंं्रविधि क्षेत्रमा पछिल्लोपटक आएका नयाँ आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने छन् ।
मेलामा अघिल्ला संस्करणजस्तै अटो, औद्योगिक, मेड इन नेपाल, मोवाइल मेला पनि समावेश छन् । स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने खालका सांस्कृतिक कार्यक्रम एवं खानाका स्टल पनि यहाँ राखिने छ । महिला उद्यमशीलता विकासको लागि मेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शन र बिक्रीको व्यवस्था मिलाइएको छ भने मेला स्थलमै सीप सिकाउने कार्यक्रम पनि तय भएका छन् ।
मेला सम्पन्न गर्न पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजकत्वमा ५०१ सदस्यीय मुल आयोजक र कार्यसम्पादन समिति, सल्लाहकार समिति, विभिन्न २७ वटा उपसमितिहरु गठन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१