बगर भाइखलक युकेमा ओम

आदर्श समाज सम्वाददाता
माघ ८, २०८१
bagar committee

पोखरा । बगर भाइखलक युकेको तेस्रो अधिवेशनले ओमप्रकाश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

आइतबार बेलायतको अल्डरसटस्थित सुसी मोतो रेष्टुरेन्टमा भएको अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ चयन भए । सदस्य सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरुङ, जय कुमार सेवा, हिटलर गुरुङ तथा मिडिया सेक्रेटरीमा मिलन तमु र विमल गुरुङ छन् ।

नवनिर्वाचित कार्यसमितिलाई तमुधिं यूके उपाध्यक्ष एवम् ‘एन्फा एम्बासडर’ कमल कोने गुरुङले शपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि। बगर भाइखलक यूकेका निवर्तमान समितिका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नेपालबाट टिम ल्याएर गोर्खा कपमा सहभागी गराउनुका साथै नेपाल तथा इङल्यान्डबीच फुटबल खेल सफल बनाउन सक्रियतापूर्वक सहभागी लगायतका कार्य भएको जानकारी गराए ।

प्रमुख अतिथि तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, विशिष्ट अतिथि सहारा यूके अध्यक्ष कृष्ण गुरुङलगायतले पनि नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रम सञ्चालन तमुधिं यूके उपाध्यक्ष एवम् एन्फा एम्बासडर कमल कोने गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width