पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई ‘एपिएफ कला साहित्य सम्मान’ तथा ‘एपिएफ आईजी कमन्डेसन’ बाट सम्मान गरिएकाे हाे ।
गैरेलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त सम्मानसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
संगठनमा योग्य र उत्कृष्ट कर्मचारीका रुपमा रहँदै आएका पाल्पाका डिएसपी गैरे यसअघि सशस्त्रका विभिन्न कोर्षहरुमा समेत उत्कृष्ट रहँदै आएका छन् ।
गैरेले सशस्त्र सेवाका अलावा नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट सिर्जनाहरु पस्कँदै आएका छन् । सम्मानितपछि डिएसपी एवं संगीतकार गैरेले ‘बग्दै जाँदा तीर्थ फेला पर्छ भन्थे–साँच्चै रहेछ’ भनी हार्दिक कृतज्ञता एवं खुसी व्यक्त गरेका छन् ।सांगीतिक क्षेत्रमा उनी ‘गैरे सुरेश’ नामले चिनिन्छन् ।
२४ औं सशस्त्र प्रहरी दिवस अवसरमा दुई दिनसम्म विशेष कार्यक्रम आयोजना गरिएको छ । दिवसको मूल कार्यक्रम बुधबार हुनेछ ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१