पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

आदर्श समाज सम्वाददाता
माघ ८, २०८१
pokhara mahotsav.

पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि सुरु महोत्सव समापन गर्दै पोखराका मेयर धनराज आचार्यले क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि बढाइरहेको प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउँदै अर्चलेमा निर्माण गर्न लागेको छात्राबासमा महानगरबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले पोखरा महोत्सवले महोत्सव मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताए ।

पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले क्लबको सिको गर्न सके समाज रुपान्तरणमा सहयोग पुग्ने बताए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे ।

आयोजक क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले महोत्सवको करसमेत तिर्दै आइरहेको भए तापनि क्लबलाई दोहोरोतेहरो करको दायरामा पार्ने गरी दुःख दिने काम गरेको गुनासो गर्दै त्यसतर्फ मेयरसमक्ष सहजीकरण गरी दिन आग्रह गरे ।

क्लब अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष तथा पोखरा १० का वडा सदस्य परमेश्वर कार्की, अमरसिंह माविका प्रअ शेरबहादुर थापालगायत बोलेका थिए । क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य र महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरे ।

महोत्सवको अन्तिम दिन लोकदोहोरी कलाकार चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए । लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुतिमा दर्शक झुमे ।

यसैबीच, विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिताको उपाधि बेसलाइन इङ्लिस बोर्डिङले जितेको छ । मुख्य आकर्षणरुपमा रहेको सो प्रतियोगितामा १३ टिमलाई पछि पार्दै बेसलाइनले ४५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम दोस्रो र विभूति शिक्षा सदन तेस्रो भए । उनीहरुले क्रमशः ३० र २० हजार पाए । कास्की मोर्डनाइज्ड र सेन्ट मेरिज सान्त्वना हुँदै १० हजार पाए ।

विजयीलाई गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार गुरुङ, महोत्सव आयोजक युनाइटेड क्लब अध्यक्ष लोकबहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यस्तै, टिकटक प्रतियोगिताको उपाधि गोले लामाले जिते । आशीष इन्स्टिच्युटले प्रायोजन गरेको उक्त प्रतियोगिताका लामाले ५० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

यस्तै, खुला बुद्धिचालको उपाधि सागर साईले जितेका छन् । उनले १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । महेश्वर अधिकारी उपविजेता हुँदै ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बुद्धिराज शर्माले तृतीय हुँदै ५ हजार प्राप्त गरे । निशान पौडेल सान्त्वनासहित ४ हजार पाए ।

मुख्य प्रायोजक बेटरको स्टलबाट सामग्री खरिद गरेकामध्ये लक्की ड्र आधारमा गणेश रानाले १.५ टनको बेटर एसी प्राप्त गर्न सफल भए । उनले बेटरको स्टलबाट बटरफ्लाई मिक्स्चर किनेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width