पोखरा । पोखरा ६ मा स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकलाई सहयोग गरी मनाएको छ ।
सहकारीले पोखरा ६ स्थित शुभकामना ज्येष्ठ नागरिक पार्कलाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले पार्क परिवारलाई सोमबार उक्त सामग्री हस्तान्तरण गरे ।
वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको सुनाए । उनले अधिकारको संरक्षण र सम्वद्र्धन गरी ज्येष्ठ नागरिकको अनुभव, सीप, ज्ञान र क्षमता विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गर्दै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गरे ।
अध्यक्ष सूर्यनाथ पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गरेको स्मरण गर्दै ज्येष्ठ नागरिकको हकहित संरक्षण गरी सम्मान दिनु आवश्यक रहेको बताए । संस्थाले ज्येष्ठ नागरिकलाई सहयोग गरी वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको जनाए ।
कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कृष्णकुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास हाउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
कर्मयोगी भक्तराज सम्मानित
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१