पोखरा । पोखरा वडा १५ मा ४ दिनसम्म चलेको तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ ।
विजयीलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा एमाले केन्द्रीय सदस्य कृष्ण थापा, वडाध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।
पुरूष फुटबलमा नयाँ गाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । वन विज्ञान क्याम्पसको खेल मैदानमा वडावासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँ गाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो ।
महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो ।
युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कुलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुत्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्राततर्फ ज्ञानकुञ्ज एकेडेमी तृतीय भए ।
महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भइन् भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए ।
महिला ब्याडमिन्टन डबलमा बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द्रा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशीला पुर्जा र लालीकुमारी खान तेस्रो बनेको वडा सचिव युवराज पौडेलले बताए ।
पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँगाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए ।
पुरूष ब्याडमिन्टन डबलमा तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनीप्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्णबहादुर गुरुङ र पूर्णबहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए ।
महिला रस्साकसीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने ।
महिला सडक दौड ३ किमिमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोम कुमारी बुढा प्रथम, संगमकी रुपा बरुलाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् ।
पुरुष सडक दौड ५ किमीतर्फ नयाँ गाउँका ठाकुरबहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँ गाउँका कुलबहादुर गुरुङ तेस्रो भए ।
छात्रा सडक दौडमा भ्यू पोइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन् । छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनीष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए ।
ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी नीलो दोस्रो भए ।
छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्ध माविका मनोजि बिक तेस्रो भए ।
वडाध्यक्ष बानियाँले वडा १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीहरूबीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए ।
महोत्सव संयोजक तथा वडा सदस्य आशीष भण्डारीले खेल महोत्सवले वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१