पोखरा । प्रकृतिका साथीहरुको आयोजनामा पोखरा–२३, वाम्दीस्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर जारी छ । मुसा खाएर अन्नबाली जोगाउन महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणका लागि सो शिविर भएको हो ।
स्थानीय आमा समूह, जनप्रतिनिधि, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ५० जनाभन्दा बढीको सहभागितामा भएको शिविरमा लाटोकोसेरोको महत्व र संरक्षणमा पछिल्लो समय देखिएका चुनौतीबारे जानकारी गराइएको थियो ।
वडाध्यक्ष रामकाजी गुरुङले वडामा लाटोकोसेरो संरक्षणका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रमका सभापति वन महासंघ पोखरा २३ का अध्यक्ष केपी शर्माले वडामा २३ सामुदायिक वन रहेको र सबै सामुदायिक वनसँग समन्वय गरेर लाटोकोसेरो संरक्षित क्षेत्र घोषण गर्ने बताए ।
पोखरा २३ लाई गुलेली निषेधित क्षेत्र घोषणासमेत गरिने बताइएको छ । घोषणसँगै उक्त वनमा गुलेली प्रयोग गरी लाटोकोसेरो लगायतका कुनै पनि चराचुरुङ्गीलाई मार्न पाइने छैन ।
लाटोकोसेरोले मुसा, किरा फट्याङ्ग्रा, सर्प, भ्यागुता खाएर संख्या नियन्त्रण गर्दछ । एक परिवार लाटोकोसेरोले एक सिजनमा ३ हजार वटासम्म मुसा खाएर मुसाको संख्या नियन्त्रण गरेर अन्नबाली जोगाउन किसानलाई गुन लगाउँदै आएको प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
पर्यावरणलाई सन्तुलित राख्न मात्र होइन, यीनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत पनि गर्छ । धार्मिक हिसाबले लाटोकोसेरो लक्ष्मीको वाहन मानिन्छ । यति महत्वपूर्ण पक्षी पछिल्लो समय चोरीशिकार, अवैध व्यापारका कारण संकटमा पर्दै गएकोले समुदायमा संरक्षण सचेतना शिविर गर्दै आएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक आचार्यले बताए ।
आचार्य सन् २०२४ मा ह्टिवली अवार्डबाट बेलायतमा सम्मान भएका थिए । सोही अवार्डबाट प्राप्त पुरस्कारबाट उनले गण्डकीका कास्की, स्याङ्जा, म्याग्दी, बागलुङमा सचेतना शिविर चलाइरहेका छन् ।
लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणकालागि तालिम, जनचेतनामूलक कार्यक्रम र लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण लगायत कार्यक्रम गरिएको आचार्यले बताए । कास्की, स्याङ्जाका विभिन्न स्थानमा १ सय कृत्रिम गुँड राखिएको छ । यसरी राखिएका कृत्रिम गुँडमा लाटोकोसेरोले बच्चा हुँकाउन पनि सुरु गरेको लाटोकोसेरो संरक्षण दुत सुदर्शन पराजुलीले बताए । पोखरा २३ का तीन वटा कृत्रिम गुँड राखिएको पनि उनले जानकारी दिए । हालसम्म कास्की, म्याग्दी र स्याङ्जामा गरी ११ संरक्षण शिविर संचालन भएको र ३ सय ९८ जना सहभागी भएर संरक्षणका विषयमा छलफलमा जुटेको प्रकृतिका साथीहरुकी संरक्षण अधिकृत अनु पौडेलले बताइन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१