सीता र जौमाया सम्मानित

आदर्श समाज सम्वाददाता
माघ ८, २०८१
Siddhi Setuli

पोखरा । ‘सिद्धि सेतुली स्मृति पुरस्कार’ बाट समाजसेवी तथा उद्यमी सीता गुरुङ एवं सानिमा स्मृति पुरस्कारबाट शारीरिक अपांगता क्षेत्रकी अभियन्ता जौमाया देवकोटा सम्मानित भएका छन् । सिद्धि सेतुली स्मृति प्रतिष्ठान, पोखराले सोमबार आयोजित समारोहमा उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा वरिष्ठ समाजसेवी तथा महिला उद्यमी अभियन्ता राधादेवी बास्तोलाले जनही १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन् ।

समारोहमा प्रतिष्ठानसँग आवद्ध ७ जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरियो भने ‘सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखरा र यसका १७ वर्ष’ नामक पुस्तकसमेत लोकार्पण भयो ।

ज्येष्ठ नागरिक सम्मानबाट जुमबहादुर गुरुङ, दीपकलाल बाटाजु, हनिफ मियाँ, युवराज श्रेष्ठ, कुलामान बुद्धाचार्य, लोकप्रसाद गुरुङ र राधादेवी बास्तोला सम्मानित भएका हुन् ।

प्रमुख अतिथि बास्तोलाले स्व. सेतुलीमाया शाक्यसँग गरेका सहकार्यको स्मरण गर्दै उनको नाममा स्थापित पुरस्कारद्वारा सामाजिक अभियन्तालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।

सम्मानित सीता गुरुङले पुरस्कारले हौसला तथा जिम्मेवारी थपिएको र प्रतिष्ठानलाई सहयोग गर्ने आफू पनि उत्साहित भएको बताइन् । अर्का सम्मानित जौमाया देवकोटाले अशक्त र अपांगताको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गरिन् ।

संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्दै पुण्यतिथिलाई वार्षिक कार्यक्रम रुपमा मात्र सीमित नगरेर साझा पुण्य सञ्चयन गर्ने अभ्यास गरिएको बताए । उनले यो संस्था पुण्य सञ्चयनको संस्था भएको बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोला, पूर्व सम्मानित व्यक्तित्व डा. यज्ञमान शाक्य, सम्मानित ज्येष्ठ नागरिक वरिष्ठ कलाकार लोकबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

पुरस्कार छनोट समितिका संयोजक नारायण कार्कीले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला तझ्याले स्वागत र सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width