पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद उत्कर्षमा पुगेको छ । करार कर्मचारी हटाउने वा नहटाउने विषयमा प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको मत बाझिएको छ । काँग्रेस जुनसुकै हालतमा करार कर्मचारी हटाउनुपर्ने अडानमा छ भने एमाले नहटाउने पक्षमा छ । करार कर्मचारी विवादकै कारण एमालेले विशेष नगर सभासमेत माग ग¥यो । विशेष सभा बस्यो पनि ।
लामो समयको वार्ता र संवादपछि करार कर्मचारी हटाउन एमाले पनि सहमत भयो । त्यसपछि महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिएको छ ।
केही समय शान्त बनेको कर्मचारी समस्या फेरि बल्झिएको छ । कर्मचारी खटनपटनलगायत कारण देखाएर नेकपा (एमाले) ले सोमबार बसेको नगर सभाको बैठक बहिस्कार गरेको छ । सोमबार सभा सुरु हुनासाथ एमालेका जनप्रतिनिधिले नाराबाजी गर्दै बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा सवा ४ बजेसम्मका लागि स्थगित गरे । त्यसपछि पनि एमाले सभामा उपस्थित भएन । आचार्यले माघ १० गतेसम्मका लागि अधिवेशन स्थगित गरिदिए । करार र काज कर्मचारी हटाउँदा विभेद गरेको आरोप एमालेको छ । यस्तै, यसअघि बसेको विशेष नगर सभाका निर्णयहरु कार्यान्वयन नभएको आरोप पनि लगाएको छ ।
एमाले दलका नेता राधिका शाही कर्मचारीमा विभेद गरिएको र नगर सभाको निर्णय कार्यान्वयन नभएकोले अवरोध गरिएको बताउँछिन् । ‘विशेष नगर सभामा भएको निर्णय पालना भएको देखिएन ।
कार्यविधि बनाएर नियमित नगर सभामा पेश गर्ने भनेको थियो, त्यो पनि आएन । लिखित प्रतिवेदन आउनुपर्छ भन्ने माग साथीहरुको हो,’ उनले भनिन्, ‘विशेष नगर सभामा भएका ८ वटा निर्णयहरु अक्षरशः पालना हुनुपर्छ, किन भएन ? काज र करार केही चिठी बनाएको, केही नहटाएको छ । कर्मचारीमा विभेदकारी नीति भयो । कि सबैलाई हटाउनुपर्छ, कि सबैलाई राख्नुपर्छ भन्ने माग हो ।’ उनले भ्रमण निर्देशिका बनाएर नियमित सभामा पेस गर्ने भनिए पनि आउन नसकेकोमा गुनासो गरिन् ।
करारका कर्मचारी हटाउने विषय पनि सबैलाई लागु नभएको, कर्मचारी र जनप्रतिनिधि विदेश भ्रमणसम्बन्धी कार्यविधि नल्याएको, कुल बजेटको २५ प्रतिशत रकमान्तर गर्न खोजेको तर शीर्षक उल्लेख नभएको जस्ता गुनासा एमालेको छ । काँग्रेसले सुरुदेखि नै बहुमत पुगेपछि बैठक स्थगित गर्न नहुने बताउँदै आएको थियो । उनीहरूले १ सय ५१ जना जनप्रतिनिधिले हस्ताक्षर गरेकाले नगर सभाको एजेण्डा पेस गर्न मेयर आचार्यलाई आग्रह गरेका थिए । एमालेले बहिष्कार गरेर सभा स्थगितपछि काँग्रेसले भने महानगरपालिकामा ताला लगाएको छ ।
सभा चलाउन आवश्यक गणपुरक संख्या पुगे पनि मेयर आचार्यले अनायाश सभा स्थगित गरेको आरोप काँग्रेसको छ । नेपाली काँग्रेसका सचिव तथा वडा ४ का अध्यक्ष देवकृष्ण पराजुली बहुमत उपस्थितिमा पनि नगर सभा स्थगित गर्नु कानूनविपरीत भएको बताउँछन् । ‘बहुमत भएपछि सभा चलाउनुपर्छ । मेयर’सावले सुरुमा स्थगित गरे पनि पछिल्लो बैठक चलाउनुपथ्र्यो,’ उनले भने, ‘बैठक चलाउने भनेर सुरु भएको तर एक्कासि स्थगित गर्नुभयो । यो गलत हो । त्यसको विरोधमा काँग्रेसले उहाँहरुको कार्यकक्षमा ताला लगायो ।’
पोखरा महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ भने नगर सभामा एमालेको बहुमत छ । नगर सभामा एमालेबाट ८६ जना जनप्रतिनिधि छन् भने नेपाली कांग्रेसका ८१ जना जनप्रतिनिधि छन् ।
मेयर आचार्य एक जनामात्र नेकपा एकीकृत समाजवादीका हुन् । सोमबार बसेको नगर सभामा भवन नियमित तथा अभिलेख कार्यविधिको पहिलो संशोधन, आर्थिक ऐनको पहिलो संशोधन, पूर्वाधार तथा भवन निर्माण मापदण्डको पहिलो संशोधन र महानगरको शिशुवा अस्पतालको संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची थियो ।
एजेण्डा प्रस्तुत गर्नुअघि नै एमाले बाहिरिएपछि सभा स्थगित भएको हो । ‘यो नियमित सभा हो । दुई वटा विधेयक र दुई वटा कार्यविधि मात्रै कार्यसूची थियो । १ घण्टामै सभा सकिन्थ्यो,’ उनले भने, ‘एक्कासि सभाको विधि र मर्यादा बाहिर गयो । बहुमत संख्याले बहिष्कार गरेपछि सहमतिमै जानुपर्छ भनेर स्थगित गरिएको हो ।’ उनले सभामा एमालेले आफ्ना एजेण्डा नराखेको बताए । ‘कुरा के हो भनेर स्पष्टसँग राखेको भए त्यहीँभित्र सकिन्थ्यो । जवाफ दिने थिएँ । कार्यान्वयन सबै हुन्छ भन्थें । कुरै नबुझिकन निस्किनुभयो,’ उनले भने । काँग्रेसले गरेको तालाबन्दीमा भने आचार्यले सरकारलाई ताला लगाउनु अर्को अस्वाभाविक घटना भएको प्रतिक्रिया दिए । ‘सरकारलाई ताला लगाउन पाइँदैन । आफैँले बुझ्नुपर्ने कुरा हो । सभामुखले संसद् स्थगित गरेको कुरामा प्रधानमन्त्री कार्यालयमा ताला लगाउनु उचित होइन,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१