रचनाले नचाइन् पोखरेली

आदर्श समाज सम्वाददाता
माघ ७, २०८१
Rachana

पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा उनको सुगम संगीत प्रस्तुतिमा दर्शकले नाचेर र गाएर साथ दिएका थिए ।

रचनाले उनको प्रिती, फोटो फिरिममा, मिनरल वाटर, चाहन्छु, तिमी त पोखरेली, ढुंगेधारा लगायत एक दर्जन जति गीत पस्किन् । यस्तै, साँझ लाइभ कन्सर्टमा पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुतिमा युवा झुमेका थिए ।

महोत्सव समापन संघारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप बढ्दै गएको छ । दर्शकको चापसँगै महोत्सवमा राखिएको स्टलमा समेत व्यापार बढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । गत २५ पुसदेखि सुरु भएको महोत्सव सोमबारदेखि सकिँदैछ ।

अन्तिम दिन लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहने महोत्सवका कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुति रहने छ ।

महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुने छ । फाइनलमा सेन्ट मेरिज, कास्की मोर्डनाइज्ड, बेसलाइन एकेडेमी, विभूति र सरस्वती आदर्श विद्याश्रमबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा दिउँसो ३ बजे विशेष समारोहबीच महोत्सव समापन गरिने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width