चिसापानी एकता समाजको भेटघाट

आदर्श समाज सम्वाददाता
माघ ७, २०८१
chisapani

लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ ।

रुपा गाउँपालिका–६, चिसापानीमा जन्मिएर देशका विभिन्न ठाउँमा छरिएर रहेका गाउँवासीबीच एकता आपसी सदभाव, मेलमिलाप तथा आत्मविश्वास बढाउने उद्देश्यले स्थापना भएको संस्था चिसापानी एकता समाज स्थापना गरिएको हो । सहभागीले आफू जहाँ रहे पनि आफ्नो जन्मस्थल विकासका लागि सामूहिक भावनाले अगाडि बढ्न सबैमा आग्रह गरिएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै ऐतिहासिक जन्म थलोको संरक्षण र सम्बद्र्धनमा संस्थामा आबद्ध सदस्यलाई समृद्ध चिसापानीको अवधारणका साथ अघि बढ्न आग्रह गर्दै समस्या परेका सदस्यलाई सहयोग गरिरहेको उल्लेख गरे । उनले भावी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि काम गर्दा सल्लाह, सुझाव गर्दै अघि बढेमा एकतामा नै बल रहेको बताए । साथै उनले संस्थाको भौतिक विकासमा टेवा प्र्याउने उद्देश्यले एक लाख ११ हजार दिने घोषणा गरे ।

संस्थाका सल्लाहकार सु. मनबहादुर गुरुङले ऐतिहासिक धरोहर थाकथलोको विकासको लागि गाउँवासीको एकता आपसी सद्भाव मेलमिलाप तथा सद्भाव कायम रहेको बताउँदै संस्थाको भौतिक विकासमा योगदानका लागि १ लाख रुपैया दिने घोषणा गरे ।

संस्थाका अध्यक्ष वीरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण गुरुङले स्वागत गरेका थिए । धन्यवाद ज्ञापन संस्थाका सल्लाहकार टीका गुरुङ गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव दुर्गाप्रसाद गुरुङ र कृष्णबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width