पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १ माघदेखि नै करार सेवा नियुक्ति नवीकरण रद्द गरिएको हो । उनीहरुको यसअघि नै पत्र तयार भएकोले सहज भएको र प्रशासनतर्फका कर्मचारीको पत्र तयार गरिसकिएको प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले जानकारी दिए ।
‘५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई अफिस नआउनू, हाजिरी नगर्नू भनेर पत्र पठाइएको छ,’ उनले भने, ‘उनीहरुको हाजिरी शुक्रबारदेखि नै रोकिएको छ ।’ प्रशासन र प्राविधिक तर्फका कर्मचारीहरुको लागि पनि पत्र तयार भइरहेको उनले जानकारी दिए । ‘अदालतको आदेशको पत्र बल्ल आयो । त्यसपछि तयार गर्न थालिएको हो,’ उनले भने, ‘पत्र तयार भइसकेको छ । शनिबार वा आइतबारसम्म सबैको हातमा पुग्ने गरी पठाइन्छ ।’
विशेष नगर सभाले करार कर्मचारीको नियुक्ति १ माघदेखि रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि एमाले कास्की जिल्ला सचिव लेखबहादुर तामाङ (दर्शन लामा) सहितले उच्च अदालतमा नगर सभाको निर्णय विरुद्द उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । २८ पुसमा अल्पकालीन आदेश दिएको अदालतले बिहीबार अन्तरिम आदेश दिन इन्कार गरेको हो । अदालतले बाटो फुकाइदिएपछि महानगरलाई करार कर्मचारी हटाउन सहज भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१