पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्

आदर्श समाज सम्वाददाता
माघ ५, २०८१
pokhara fest Use it

पोखरा । अहिलेको चर्चित गीत ‘म त ढलें ढलें..’ सबैको मुखमा झुण्डिएको छ । मेल महोत्सव, विभिन्न कार्यक्रममा समेत यही गीतमा युवायुवती कम्मर ढल्काउने गरेका छन् । सोही गीतकी गायिका शान्तारानी परियार शनिबार पोखरा महोत्सवमा देखा परिन् ।

अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा उनको प्रस्तुतिमा सबै जना दर्शक रमाए ।

लोक तथा दोहोरी गायिका परियारका अलावा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षत्री, शिवहरि ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतले प्रस्तुति राखेका थिए ।

साँझ लाइभ कन्सर्टमा युवामाझ चर्चित भिटेनको प्रस्तुतिमा युवाहरु झुमेका थिए ।

शनिबार दशौं दिन पनि दर्शकको भीड बढेको छ । भीडले महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो । शनिबार दिउँसो मात्र नभई साँझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिति रहेको महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

आइतबार चर्चित गायिका रचना रिमाल आउने छन् । यस्तै, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, कृष्णा गुरुङ, सरस्वती लामिछाने, तुलसा क्षत्री, सुरेश भूर्तेल, सुनिमा गुरुङ, केशबहादुर गुरुङ लगायतको प्रस्तुति रहनेछ । साँझको लाइभ कन्सर्टमा पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुति हुने आयोजक युनाइटेड क्लब पोखराका महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

शनिबार सम्पन्न विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा विभूति शिक्षा सदन उत्कृष्ट प्रस्तुति र सरस्वती आदर्श विद्याश्रम लामाचौर वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनल प्रवेश गरे ।

महोत्सवको अन्तिम सोमबार सेन्ट मेरिज, कास्की मोर्डनाइज्ड, बेसलाइन एकेडेमी, विभूति र सरस्वती आदर्श विद्याश्रमबीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width