लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका सिर्जना युवा क्लब ए र वि बीच समझदारीमा विजेता घोषणा गरिएको हो ।
सेमिफाइनलबाट एउटै क्लबको दुई टिम फाइनलमा पुगेपछि प्रतिस्पर्धाबिनै सिर्जना ए लाई विजेता र बि टिमलाई उपविजेता घोषणा गरिएको आयोजक क्लब अध्यक्ष वेदराज अधिकारीले बताए ।
प्रथमले ३० र दोस्रोले २० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सिर्जना युवा क्लबका विकास थापाले सर्वाधिक गोलकर्ता र महेश अधिकारीले उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् । विजयी टिम तथा खेलाडीलाई वडा अध्यक्ष मीनराशि गुरुङ, युवा सञ्जालका अध्यक्ष मनोज गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।
खेलको माध्यमबाट स्थानीय युवालाई एकीकृत गर्ने उद्देश्यले युवा सञ्जाल मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाले वडा कार्यालयको सहयोगमा वडा अध्यक्ष कप आयोजना गरेको हो । दुईदिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा वडा ६ भित्रका स्थानीय टोल, क्लब गरी ११ टिमले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१