माछापुच्छ्रेमा वडास्तरीय भलिबल

आदर्श समाज सम्वाददाता
माघ ५, २०८१
machha

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको वार्षिकोत्सव अवसर पारेर यही ३० माघदेखि ३ फागुनसम्म सो प्रतियोगिता आयोजना गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा ९ का अध्यक्ष हरिबहादुर क्षत्रीले प्रतियोगिताले समग्र माछापुच्छ्रे गापाको खेलकुद क्षेत्रको विकाससँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम हुनेले नगद ८५ हजार, द्वितीयले ५० हजार र तृतीयले ३० हजार र सान्त्वनाले २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई समेत पुरस्कृत गरिने क्लब अध्यक्ष सुकबहादुर तामाङले बताए ।

भेट्रान्स भलिबल प्रतियोगितातर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य आकर्षणको रूपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारद्वारा नृत्य, गायन, हास्यब्यङ्ग्य प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् । आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रस्साकस्सी, छेलो हान्ने, घैँटो फुटाई लगायतका प्रतियोगिता पनि रहने क्लबका कावा सचिव प्रज्ज्वल क्षत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width