मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

आदर्श समाज सम्वाददाता
माघ ५, २०८१
miss tamang

पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीलाई भाषा, धर्म, संस्कार र संस्कृतिबारे जानकारी गराउँदै व्यक्तित्व विकासका लागि यो कार्यक्रमलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कन्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताइन् । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवापुस्ताको चासो रहन पर्नेमा जोड दिए ।

समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सञ्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए ।

निर्णायकमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कञ्चन थापा, एसके डान्स स्कुलका सञ्चालक एवं सुपरमम्–२०७१ उपविजेता माया लामा थिए ।

सोनाम ल्होसार अवसरमा १२ माघमा पोखरा सभागृहमा ग्राण्ड फिनाले हुँदैछ । सहभागीलाई केही महिनादेखि विभिन्न विषयमा तालिम प्रदान गरिएको छ ।

तालिममा पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, भाषाविद् अमृत योञ्जन, पूर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, वैदेशिक अध्ययनका चुनौतीबारे नैना थिङ लामा ताम्राकारले सहजीकरण गरेका थिए ।

यसैगरी, अधिवक्ता जूनाकुमारी गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रीतिरिवाजबारे नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले नृत्य कला सिकाएका थिए ।

यसगरी, विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ ब्युटी एकेडेमीका सौन्दर्यविद् चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक एवं फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी र नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा एभरेष्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले लिडरसिपबारे प्रशिक्षण प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width