संरक्षण आमा समूहद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
माघ ५, २०८१
bindu thapa

पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ ।

समूहको २४ औं साधारण सभा तथा १२ औं अधिवेशन अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, सीता थापा, भगवती बस्नेत र हिरा बस्नेतलाई सम्मान गरेको हो । उनीहरूलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, समूहका अध्यक्ष पार्वती बस्नेत र सल्लाहकार होमबहादुर खड्काले सम्मानपत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरे । मन्त्री विन्दुकुमार थापाले सभ्य समाज निर्माण र सशक्तीकरणको क्षेत्रमा आमा समूहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाभित्रका सामाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको बताए । समूहका अध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, मैदान आमा समूहका अध्यक्ष ज्योति बस्नेत, निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले सामूहिक भावनाबाट नै समाज विकास हुने बताए ।

साधारणसभाले सचिव रूपा थापा र कोषाध्यक्ष ज्योति बस्नेतले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । उपाध्यक्ष गंगा कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रूपा थापा खत्रीले गरेका थिए ।

यसैबीच, समूहको अधिवेशनले पुनः पार्वती बस्नेतको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको छ । समूहको प्रथम उपाध्यक्षमा गंगा कार्की, द्वितीय उपाध्यक्षमा रूपा थापा खत्री, सचिवमा सपना थापा, सहसचिवमा गीता अधिकारी, कोषाध्यक्षमा ज्योति बस्नेत, सहकोषाध्यक्षमा शारदा पौडेल र सदस्यमा श्रीदेवी थापा, सीता थापा, मंगला खड्का, प्रिती अम्गाई, सुनिता थापा र रेखा थापा बस्नेत छन् ।

२०५७ सालमा गठन भएको समूहले महिला सशक्तीकरण तथा त्यस क्षेत्रको सामाजिक विकासमा कार्य गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width