पोखरा । सुलभ डिपार्टमेन्टल स्टोर्सले संचालन गरेको लक्की ड्रमा लेकसाइडका राहुल थापाले स्कुटर जित्न सफल भएका छन् ।
सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित जरेबरस्थित उक्त स्टोर्सले दशैँ–तिहारमा ग्राकलक्षित उपहार योजना ल्याएको थियो । जसमा प्रथम पुरस्कारको रुपमा थापाले स्कुटर प्राप्त गरेका हुन् ।
लक्की ड्र कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति रमेश भट्टराईले तानेको कुपन नम्बर ४५८७५ ले प्रथम पुरस्कार जितेको हो । जुन थापाको नामको थियो ।
द्वितीय पुरस्कार एलजीको वासिङ मेसिन (कुपन २६१८५) सुमन श्रेष्ठलाई परेको छ । तेस्रो पुरस्कार वभन (कुपन १६२९२) प्रवीण गुरुङलाई परेको छ ।
सान्त्वना पुरस्कार १३ जनाको नाम लक्की ड्रमार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । उनीहरुमा प्रितम सुनार, कमला अधिकारी, टप हट स्याण्डविच, प्रमिला बस्नेत, कृष्ण भुजेल, दुनाटपरी रेष्टुरेन्ट, किरन अर्याल, लक्ष्मण बिक, इन्दु पहारी, दिनेश केसी, होटल रक एण्ड नुट, होटल एलिगेन्ट र कृष्ण थापामगर छन् ।
एकैपटक २ हजार रुपैयाँभन्दा बढीको सामान खरिदमा कुपन दिने गरिएको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४६ हजार कुपनबाट १६ जनालाई पुरस्कृत गरिएको हो ।
१६ वर्षअघि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानीमा स्थापना भएको स्टोर्सले होटल, रेस्टुरेन्टलगायतमा तथा दैनिक आवश्यक पर्ने र घरायसी सामग्री सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१