पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेको शिक्षक कीर्तिराज ढकालले जानकारी दिए । उनले सरकारले दिएको पीडा सहन नसकेर राजीनामा दिएको बताए । ‘देश र माटोको माया गर्नुपर्छ भनेर सिकाउने हामीहरूलाई अदुरदर्शी नेतृत्वले दिएको चोट बोकेर विद्यार्थीलाई के सिकाउने ? अन्यौलमा छौं,’ उनले भने, ‘सरकारले गरेको यस निर्णयबाट हामीलाई पर्ने आर्थिक र मानसिक मर्का सहन नसकी आजकै मितिबाट लागू हुनेगरी यो सामूहिक राजीनामा पेस गरेका छौं ।’
२०७५ चैत्र ४ गतेबाट हालसम्म स्थायी नियुक्ति लिएका शिक्षकहरूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको पीडित शिक्षकहरुको गुनासो छ । ‘प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरिएको अवस्था छ,’ उनीहरुले भने, ‘अध्यादेशको कार्यान्वयनले ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने भएको छ ।’
सरकारले गुद्पाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्ने काम गरेको आरोप शिक्षकहरुले लगाए । ‘राज्यले खटाएको क्षेत्रमा गएर अनवरत कार्यरत शिक्षकहरूलाई गुदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्ने गर्न सरकारबाट भएको छ,’ अघि थपे, ‘यसै त तलवले दालभातको जोहो गर्न गाह्रो भइरहेको अवस्थामा यस्तो अन्यायपूर्ण अध्यादेश ल्याई हाम्रो मस्तिष्कमा राँको झोस्ने र हाम्रो पेटमा लात हान्ने काम सरकारबाट नै भएको छ । हामीमाथि झोसिएको राँकोले सलाई कोर्नेहरूलाई नै नजलाओस् ।’
राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरुले बताएका छन् । सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिए । ‘सांकेतिक आन्दोलनका रुपमा राजीनामा बुझाउनुभएको छ । सनाखत बुझाएको होइन,’ उनले भने, ‘राजीनामा त सनाखत भएर इकाई प्रमुखलाई सम्बोधन गरेर आउनुप¥यो । त्यसरी आएको छैन ।’ सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए ।
शिक्षकहरुले ऐन पास भएपछि मात्रै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था मान्ने बताएका छन् । ‘योगदानमा आधारित निवृत्तिभरणमा जान तयार छौं । हामी यसको विरोधी होइनौं,’ नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष यामनारायण लामिछानेले भने, ‘जुनदिन ऐन पास हुन्छ, त्यो दिनदेखि त्यो व्यवस्थामा जान्छौं । त्यसअघि नियुक्त भएकाहरुलाई पूरानै व्यवस्था लागू हुनुपर्छ ।’
अध्यादेशको व्यवस्था लागू गर्ने जानकारी पहिले नै गराएको भए गोल्डेन ह्याण्डसेक रोज्ने उनको तर्क छ । ‘यदी यो व्यवस्था लागू हुन्छ भन्ने त्यै बेलामा जानकारी दिएको भए गोल्डेन ह्याण्डसेक लिएर घर जान पनि सक्थ्यौं नि । तर परीक्षा रोजेर स्थायी भयौं । अहिले मारमा पार्न पाइन्छ ?,’ उनले भने । यसरी स्थायी भएका देशभर करिब ४० हजार शिक्षक छन् । कास्कीको तथ्यांक निस्किएको छैन । शिक्षकहरुले राजीनामा गम्भिर हिसावले नै बुझाएको बताएका छन् ।
‘राजीनामा प्रस्तुत गरेका छौं । राज्यले स्वीकार ग¥यो भने ओरिजिनल नै राजीनामा हो । स्वीकार गरेन भने सांकेतिक हो, विरोध हो भन्ने बुझ्नुप¥यो । यसको अर्थ सरकारको संवेदनशीलताको कुरा हो,’ उनीहरुले भने । स्रोतका अनुसार शिक्षकहरुको आन्दोलनकै कारण शिक्षामन्त्री विद्या भट्टराईको कास्की कार्यक्रम स्थगीत भएको छ । उनी शुक्रबार कास्की आउने कार्यक्रम रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१