पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ ।
वन विज्ञान अध्ययन संस्थानमा आयोजित महोत्सव उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए । अन्य विषयमा मतभेद तथा फरक विचार रहे पनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै उनले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद मैदान अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसके पनि वडा १५ को सहकार्यमा अघि बढ्न सक्ने बताए ।
वडा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद महोत्सवले आमा समूह, टोल विकास संस्था र युवा क्लबहरूबीचमा भाइचाराको सम्बन्ध विकार गरेकाले यसलाई निरन्तरता दिइएको बताए । वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने उनले बताए ।
उनले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले यस महोत्सवलाई निरन्तरता दिइएको र योगामार्फत् वडावासीलाई स्वस्थ बनाउन टोल टोलमा योग प्रशिक्षक उत्पादन र कक्षा सञ्चालनमा लागिपरेको बताए ।
वडा सदस्य तथा महोत्सव संयोजक आशीष भण्डारीले खेलकुद महोत्सवले वडावासीमा सामाजिक सद्भावका साथै भावनात्मक एकता प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
प्रतियोगिता सुरुपूर्व ¥याली प्रदर्शन गरिएको थियो । वडा कार्यालयदेखि खेलस्थलसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित आमा समूह, विद्यार्थी, युवाले ¥याली निकालेका हुन् । जनजागृति महिला समूह र नेपाल–भारतमैत्री विद्यालय ¥यालीमा उत्कृष्ट भयो । सो अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका प्रमुख विनोद हेजु, आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले बोलेका थिए ।
वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक आशीष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले सञ्चालन गरेका थिए । ४ दिनसम्म चल्ने खेलकुद महोत्सवमा विभिन्न प्रकारका खेलकुद हुँदै छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१