एन प्याब्सन महाधिवेशन फागुनमा

आदर्श समाज सम्वाददाता
माघ ४, २०८१
npabson

पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । संस्थाको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले आगामी १६–१७ फागुनमा काठमाडौंमा गर्ने गरी महाधिवेशन मिति तय गरेको हो ।

परिषद् बैठकले विधानका केही बुँदामा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए ।

उक्त समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी तथा सदस्यहरुमा याम खड्का, जय बहादुर श्रेष्ठ, राजु गुरुङ वेद प्रसाद पन्त छन् ।

बैठकले महाधिवेशन सफल पार्न उपसमितिहरू गठन गर्ने, सदस्यता नवीकरण प्रमाणीकरण माघभित्र गरी सक्ने र आवश्यकता अनुसार विधान परिमार्जन गर्नु परेमा, विधान परिमार्जन समिति निर्माण गरी केन्द्रीय समितिमा छलफल गराई केन्द्रीय महाधिवेशनबाट अनुमोदन गराउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

नेशल प्याव्सन गण्डककी प्रदेश, कास्की र पोखरा महानगरपालिकाको स्थानीय व्यवस्थापनमा भएको राष्ट्रिय परिषद् बैठकमा देशभरबाट १ सय ८४ जनाको सहभागिता रहेको नेशनल प्याव्सनका उपमहासचिव प्रकाशचन्द्र खड्काले जानकारी दिए ।

बैठकमा नगरबाट अध्यक्ष वा प्रतिनिधि, जिल्ला र प्रदेशबाट अध्यक्ष, उपाध्यक्ष सचिव र कोषाध्यक्ष तथा केन्द्रीय समितका सल्लाहकार, पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा नगरबाट आएका प्रतिनिधिले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष याम खड्काले स्वागत र उपमहासचिव प्रकाशचन्द्र खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width