पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरीगायक पंगेनीले बिहीबार १३ औं पोखरा महोत्सवमा भने दर्शकलाई नचाए । प्रायः महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने उनी यहाँ भिन्न शैलीमा प्रस्तुत भए ।
‘भान्छे चलेन’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका पंगेनीले पछिल्लो चर्चित गीत ‘चिना हेराउँदा’ गाउँदा महोत्सवमा उपस्थित दर्शक निकैभर झुमिरहे । पंगेनीले योसहित झ्याउरे, ससुराली लगायतका गीतहरुसँगै दोहोरीसमेत गाउन भ्याए ।
महोत्सवमा उनीसँगै अर्का कलाकार चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुतिले दर्शकले भरपूर मनोरञ्जन लिएका छन् । साँझको लाइभ कन्सर्टतर्फ कबवेवको प्रस्तुतिमा युवाहरु झुमे ।
युनाइटेड क्लब आयोजनामा पोखराको अमरसिंहचामा जारी महोत्सवको आठांै दिनसम्म आइपुग्दा दर्शककोे उल्लेख्य हुने गरेको छ । उनीहरुका भीडसँगै विभिन्न स्टलमा कारोबारसमेत बढेको महोत्सवको अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
नवौं दिन शुक्रबार लोक तथा दोहोरीतर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षत्री, जगत गौडेल, मधु थापा मगर देखा पर्ने छन् ।
हाँस्य व्यङग्यतर्फ पुर्खे बाको प्रस्तुति रहने महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । साँझ लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुति रहने छ ।
महोत्सवमा आयोजित विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितासमेत जारी छ । बिहीबार कास्की मोर्डनाइज्ड स्कुल, बाल कल्याणबीचको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । प्रथम हुने विद्यालयले नगद ४५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना २ टिमले १०÷१० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सव यही ७ माघसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१