मानवअधिकार एलायन्समा पन्थी

आदर्श समाज सम्वाददाता
माघ ३, २०८१
madhu panthi

पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स ) कास्की अध्यक्षमा मानवअधिकारकर्मी मधु पन्थी चयन भएका छन्।

बिहीबार पोखरामा भएको सातौं जिल्ला अधिवेशनले पन्थीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा बिमला केसी, सचिवमा रमेश सुवेदी, कोषाध्यक्षमा सवनम शर्मा र सहसचिवमा कल्पना घिमिरे सापकोटा रहेका छन्।

सदस्यमा तुलबहादुर रानाभाट, कृष्णमाया गुरूङ, विमला गुरूङ, आश्मा पहारी र सुशीला नेपाली छन्।

Related News

सम्बन्धित समाचार

hero news full width