पोखरा । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित यो कार्यालयबाट राजस्व संकलन पनि बेंसी नै हुने गरेको छ ।
अबदेखि ट्रायल दिँदा मारुती कम्पनीको अल्टो कार र मोटरसाकलमा हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डिओ स्कुटर, टिभिएस एन ट्रक स्कुटर र रेडियन मोटरसाइकलबाट समेत दिनलगायत साधनबाट पनि दिन सकिने भएको छ ।
ग्राहकको माग मध्यनजर गर्दै पोखरामा ट्रायल परीक्षाका लागि सवारीसाधन व्यवस्थापन गर्दै आएको सनराइज ड्राइभिङ स्कुलले सो सुविधा दिएको हो ।
ड्याटसन, यामाहा मोटरसाइकल, स्कुटरलगायत मारुती कम्पनीको अल्टो कार र मोटरसाइकलमा हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डिओ स्कुटर, टिभिएस एनट्रक स्कुटर र रेडियन मोटरसाइकललगायत साधनबाट ट्रायल दिन र तिनै साधनबाट सिक्न सकिने व्यवस्था मिलाइएको सनराइजका अध्यक्ष वसन्त भट्टचनले बताए । यो कम्पनीले पोखराको नयाँबजार, पोखरा रंगशाला रंगशाला गेटअगाडि, फूलबारी र बिरौटा शाखाबाटै उक्त सुविधा दिएको हो ।
नयाँ प्रविधि भएका र नयाँ मोडलका सवारीसाधन आवश्यक भए पनि हालसम्म पुरानै सवारीसाधनले परीक्षा दिनुपर्दा सेवाग्राहीलाई असहज हुने, धेरै फेल हुने गरेकाले नयाँ सवारीसाधनको व्यवस्था गरिएको हो । अल्टो के टेन गाडीको टर्निङ क्षमता र वाइड स्पेस पनि यसअघि प्रयोग भएका सवारीसाधनभन्दा कम भएका कारण ट्रायलमा थप सहज हुने विश्वास छ । यसअघि वाइड स्पेस १५ सय ६० रहेको सवारी प्रयोग भएको थियो भने अबदेखि १४ सय ९० भएको सवारी प्रयोग हुनेछ ।
टर्निङ रेडियुस पनि अल्टोको कम रहेको सुजुकी शो रुम पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । जसले गर्दा परीक्षार्थीलाई टर्निङ लिन सहज हुनेछ ।
नयाँ मोडलका मोटरसाइकल प्रयोग भएपछि दुईपाङ्ग्रे सवारीको लाइसेन्स लिन पनि अझ सहज हुने सिजि मोटर्स प्रालि गण्डकी शाखा प्रमुख रञ्जन तिमिल्सिनाले जानकारी दिए।
पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा उपलब्ध हुने हुँदा देशभरकै सस्तो र स्तरीय रहेको कार्यालयको दाबी छ ।
यूरो मापदण्डका नयाँ मोडलका गाडीहरू ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ई बिडी सिस्टम, एयर ब्याग, ग्राउन्ड किलियरेन्स, ब्याक सेन्सरलगायत विशेषता छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१