पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा शुभकामना आदानप्रदानसहित उनीहरुले यो पर्व मनाएका हुन्।
बसुन्धरा रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ गण्डकी सदस्य भूपेन्द्र राना मास्कीमगरले मगरहरु एकजुट भई विकास निर्माणका काममा अघि बढ्नुपर्ने बताए ।
खुदीखोला सुकुमबासी टोलका सल्लाहकार जेवी घले, दुर्गा आमा समूहकी अध्यक्ष लक्ष्मी तामाङ, आराधना तमु समाजका अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष प्रतिमा गुरुङ, आराधना टोल (ख) का अध्यक्ष हरिबहादुर गुरुङ, आराधना टोल विकास संस्थाका सचिव राजु परियार लगायतले बोलेका थिए ।
यस्तै, दारिमबोट टोलका अध्यक्ष हिरालाल विश्वकर्मा, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष रामबहादुर श्रेष्ठ, हिमालय टोल मगर समाजका अध्यक्ष धनबहादुर थापा, बयरघारी टोल विकासका अध्यक्ष कर्णबहादुर थापालगायतले बोलेका थिए।
कार्यक्रममा पूनम रानामगर, खुस्बु रानामगर, बिनिता थापामगरले ‘खोली तिरैमा’ नृत्यद्वारा स्वागत गरे । कार्यक्रम सञ्चालन नेपाल मगर संघ महानगर समिति तथा आराधना मगर संघका सचिव केशबहादुर थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१